प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले आज सपथ लिंदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ माघ – प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएपछि आज पद तथा गोपनीयताको सपथ लिँदैछन।
  • उनले सपथ लिएसँग प्रदेश ३ को प्रदेशसभाको काम शुरु हुनेछ ।
  • प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेबाट प्रदेश ३ संसदीय दलको नेता चुनिएका पौडेललाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

काठमाडौं, २९ माघ – प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएपछि आज पद तथा गोपनीयताको सपथ लिँदैछन। उनले सपथ लिएसँग प्रदेश ३ को प्रदेशसभाको काम शुरु हुनेछ ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेबाट प्रदेश ३ संसदीय दलको नेता चुनिएका पौडेललाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कोइरालाले संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम ७२ वर्षीय पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

पौडेललाई मुख्यमन्त्री बनाउन एमालेले गरेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेश प्रमुखको कार्यालयमा आज बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

आइतबार साँझ पत्रकार सम्मेलन गरी पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी गराएका थिए । संसदीय दलको नेता चुन्न शुक्रबार ललितपुरमा निर्वाचन भएको थियो । एमालेकी ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मतले पछि पार्दै पौडेलले जितेका थिए ।

काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ मा जन्मेका पौडेल हाल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुन्। मानविकी संकायमा स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनले २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ देखि पार्टी राजनीतिमा सक्रिय हुन । यसअघि उनी दुईपटक हेटौंडा नगरपालिकाको मेयर भैसकेका व्यक्ति हुन् ।

स्थानीय तह पुनसंरचना आयोगको सदस्य बनेर काम गरेका उनले स्थानीय सरकार तथा सहरहरुको विश्व संस्था (युसिएलजी) का एसिया प्यासिफिक उपाध्यक्ष, सिटीनेटका कार्यकारी सदस्य बनेर काम गरिसकेका छन् ।

(https://www.sliderrevolution.com/)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    मिन बहादुर पाण्डे क्षेत्री

    Congretulation our C.M.

    Comment Author

    Krishna Shrish

    नेवारको बाहुल्य भएको ठाँउ बाट अस्तलछ्मी लाई हात्ती आयो हात्ती आयो फुस्सा उपहार

    Comment Author

    Pasang Khambache

    सभामुखको कार्यकाल पूरा नभई आफ्नो कार्यकाल पूरा होला जस्तो छ।

    Comment Author

    Lama Jems

    Randika xora rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने
फेरि १ जनामा देखियो कोरोना संक्रमण
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री  शर्मा
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
कीर्तिनिधि विष्ट जसले भारतीय सेना फिर्ता गराए !
कीर्तिनिधि विष्ट जसले भारतीय सेना फिर्ता गराए !
प्रधानमन्त्री ओली चैत तेस्रो साता भारत भ्रमण जाने
प्रधानमन्त्री ओली चैत तेस्रो साता भारत भ्रमण जाने

तपाईंले छुटाउनुभयो कि?