नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने

सारांश

  • भरतपुर।
  • नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।
  • सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

भरतपुर। नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड-नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए। उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?