डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द

सारांश

  • काठमाडौं ।
  • सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
  • उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न लागिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ ।

काठमाडौं । सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न लागिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ ।

देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सर्वसाधारण बिरामी भने मारमा परेका छन् । अस्पताल पुगेका बिरामीहरु चिकित्सकका आन्दोलनका कारण उपचारबाट बञ्चित भएका छन् । सरकारी चिकित्सक संघले बाध्य भएर सेवा बहिष्कार गर्नुपरेकाले यसबाट पुग्ने असुविधाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने जनाएको छ ।

यसैबीच, चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन आज पनि संसदीय समितिमा छलफल हुने भएको छ । बिहीबार संसदको महिला बालबालिका तथा समाज कल्याण समितिको पूर्ण बैठकमा विधेयकमाथि छलफल चलिरहँदा विवाद भएपछि स्थगित भएको थियो । आज विहान ८ बजेका लागि बैठक बोलाइए पनि फेरि अपरान्ह २ बजेको लागि सारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?