अखिल तराई मुक्ति मोर्चा एमालेमा विलय !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
८४९९ पटक हेरिएको
Shares
अखिल तराई मुक्ति मोर्चा एमालेमा विलय !

सारांश

  • अखिल तराई मुक्ति मोर्चा एमालेमा विलय राजविराज, १७ बैशाख ः अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) का संयोजक अजित सिंह भनिने अजय यादव नेकपा (एमाले) प्रवेश गरेका छन् ।
  • मधेसी मोर्चाले आफ्नो पकडको गाउँ ठान्दै आएको सप्तरीको लालापट्टी गाउँमा आइतबार भएको पार्टी प्रवेश समारोहमा लालापट्टी गाविस–२ का सिंहसहित सिंगो मोर्चा एमालेमा विलय भएको सिंहले बताए ।
  • एमाले स्थायी कमिटी सदस्य रामप्रित पासवानले उहाँहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराउनु भयो ।

अखिल तराई मुक्ति मोर्चा एमालेमा विलय
राजविराज, १७ बैशाख ः अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) का संयोजक अजित सिंह भनिने अजय यादव नेकपा (एमाले) प्रवेश गरेका छन् ।
मधेसी मोर्चाले आफ्नो पकडको गाउँ ठान्दै आएको सप्तरीको लालापट्टी गाउँमा आइतबार भएको पार्टी प्रवेश समारोहमा लालापट्टी गाविस–२ का सिंहसहित सिंगो मोर्चा एमालेमा विलय भएको सिंहले बताए । एमाले स्थायी कमिटी सदस्य रामप्रित पासवानले उहाँहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराउनु भयो । उक्त गाउँ मोर्चाका जिल्ला संयोजक दिनेश यादव र बिद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर यादवको गाउँ हो ।
कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरंगका इन्चार्ज महेन्द्र मुखिया, जिल्ला सदस्यहरु देवेन्द्र यादव, डोमी यादव, संजय यादव, सुनसरीका अध्यक्ष देवराज यादव, सदस्यहरु अशोक यादव, धिरज पण्डित, देवानन्द यादव, राजविराज नगर इन्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भुपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामेत, सुशिल यादवले पार्टी प्रवेश गरे ।
यसैगरी सप्तरीका करण यादव, दिपु यादव, आनन्द यादव, रुपेश यादव गुडुडु, धिरज यादव, कुन्दन यादव, विटु यादव, प्रियंशु यादव, धिरेन यादव, अमरेन्द्र यादव, दिपेन्द्र यादव लडु, विसुनदेव मुखिया, राजकुमार मुखिया, सन्तोष यादव, विरेन्द्र यादव, वौवालाल यादव, सिहेश्वर राम, रामफल रामलगायतकाले प्रवेश गरको सिंहले बताए । सिंहले तराइका जिल्लाका आफ्ना सबै कार्यकर्ताहरुलाई क्रमशः एमालेमा प्रवेश गराउने बताए ।
संवाद र सहमतिबाटै मागहरु पुरा हुने तथा जनताको चाहनाअनुरुपको संविधान र शान्ति स्थापना हुने विश्वास व्यक्त गर्दै सिंहले ०७१ मंसिर २ गते नौ थान र ०७२ असार २१ गते चार थान हतियार सरकारलाई बुझाएपछि स्वतन्त्र जीवन बिताइरहेका थिए । राष्ट्रियताका पक्षमा बलियो अडान लिएको कारण नेकपा (एमाले) मा प्रवेश गरेको बताउँदै सिंहले मुलुकको आमूल परिवर्तन गर्न एमाले मात्रै सक्षम रहेको बताए ।
पार्टी प्रवेश गराउँदै एमाले नेता पासवानले स्थानीय निर्वाचन नहुञ्जेल केन्द्रमा रहेको अधिकार जनतामा नपुग्ने भएकोले सबैलाई निर्वाचनमा जुट्न र एमालेलाई पहिलो शक्ति बनाउन आग्रह गर्नुभयो । उहाँले नवप्रवेशीलाई बधाई तथा शुभकामना दिँदै एमालेमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा एमाले जिल्ला सदस्यहरु जयप्रकाश ठाकुर, बिनोद यादव र अशोक यादवले संविधान संशोधन अहिलेको प्रमुख आवश्यकता नभई संविधान कार्यान्वयनको लागि निर्वाचन भएको धारणा राखे ।
यसैगरी कञ्चनरुपमा भएको अगुवा कार्यकर्ता भेलामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम परित्याग गरी २७ जना एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा हरीलाल यादव, रामदत्त महतो, सुशिला यादव, बालेश्वर सदा, प्रभु यादव, जगदीश मण्डल, रामनारायण यादव, राजकुमार मण्डल, पार्वती सदा, दिनेश यादव, कल्पना सदा, देबदत्त यादव, बिमल सिंजापति, रामप्रसाद यादव, शम्भु गुप्ता, रामचन्द्र यादव, फुदाई यादव, राजाराम यादव, इन्दल यादव, चिचनीदेवी सदा, झबर यादव, जीवन यादव, भरत यादव, सावित्री सदा, सुरेश यादव, बिरेन्द्र यादव, बेचन यादवलगायतले एमाले प्रवेश गरे ।
नवप्रवेशीहरुलाई अबिर लगाउँदै एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले स्थानीय निर्वाचनपछि देश भरी एमाले जनप्रतिनिधिले शासन गर्ने र जनताले महसुस गर्ने गरी विकासका काम अगाडी वढने बताउनु भयो ।
बच्चुलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई एमाले नेताहरु असरादेबी चौधरी, बसन्त मिश्र, शिवनारायण साहले सम्वोधन गर्नु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो
दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
एउटै रोगका कम्पनीपिच्छे औषधिको अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको  जवाफ
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको जवाफ
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति : हवाई रुट प्रदान गर्न निर्देशन
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज
७९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
७९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
घरटहरा नहटाउँदा काम अवरुद्ध !
घरटहरा नहटाउँदा काम अवरुद्ध !

तपाईंले छुटाउनुभयो कि?