लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग

सारांश

  • रामप्रसाद भण्डारी माघ, १६ बुटवल ।
  • लियो क्लब अफ बुटवल सेन्ट्रलले सहिद दिवस पारी बुटवल १५ बेलबासमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहीन आश्रमलाई खाद्यान्न एवम अन्य सामाग्री सहयोग गरेको छ ।
  • क्लबका सेकेन्ड भिपी बुद्धि कुँवरको जन्मदिन पारी उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

रामप्रसाद भण्डारी

माघ, १६ बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रलले सहिद दिवस पारी बुटवल १५ बेलबासमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहीन आश्रमलाई खाद्यान्न एवम अन्य सामाग्री सहयोग गरेको छ । क्लबका सेकेन्ड भिपी बुद्धि कुँवरको जन्मदिन पारी उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई लियो क्लबका साथै बुद्धि कुँवर र लक्ष्मण पन्थीले समायोजन गरेका थिए । क्लबका सदस्य चिरन अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आश्रमका अध्यक्ष नारायण नेपालीले क्लबले सहयोग गरेकोमा खुशी व्यक्त गरेका थिए । लियो क्लब अफ बुटवलका सल्लाहकार बिष्णु कुँवरको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष सौरभ भुसालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

अध्यक्ष भुसालले समाज सेवामा क्लव प्रेरित भएको र आउदो दिनमा पनि अझ सहयोग गर्ने बताएका थिए । उनले केही महिना अगाडि बाढीपीडित जनतालाई पनि सहयोग गर्दै आएको र आउँदा दिनमा दीनदुःखीको स्याहार र सहयोगमा जुट्ने बताए । कार्यक्रमको सञ्चालन क्लबका सचिव जीवन परियारले गरेका थिए ।

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?