अस्पतालमा भ्याक्सिन ‘सिण्डिकेट’ पाे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अस्पतालमा भ्याक्सिन ‘सिण्डिकेट’ पाे !

सारांश

  • वीरगञ्ज, १७ वैशाख।
  •   नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा रेविज भ्याक्सिनको अभाव भएको छ ।
  • घरपालुवा तथा छाडा छोडिएका जनावरको टोकाइको सिकार बनेकाहरू अस्पताल आउने क्रम बढेको छ, तर मध्यतराईमा स्वास्थ्य सेवाकेन्द्रको रूपमा प्रचलित नारायणी उपक्षेत्रीय अस्पतालमा भने रेविजविरुद्धको भ्याक्सिन (एन्जीरेविज भ्याक्सिन)को अभाव देखिएको छ ।

वीरगञ्ज, १७ वैशाख।  नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा रेविज भ्याक्सिनको अभाव भएको छ । घरपालुवा तथा छाडा छोडिएका जनावरको टोकाइको सिकार बनेकाहरू अस्पताल आउने क्रम बढेको छ, तर मध्यतराईमा स्वास्थ्य सेवाकेन्द्रको रूपमा प्रचलित नारायणी उपक्षेत्रीय अस्पतालमा भने रेविजविरुद्धको भ्याक्सिन (एन्जीरेविज भ्याक्सिन)को अभाव देखिएको छ ।

अस्पतालमा भ्याक्सिन आभाव भएको कारण सेवाग्राहीहरू मार्कामा परेका छन्, जसले गर्दा महँगो शुल्कमा अन्य स्थानबाट भ्याक्सिन किन्न उनीहरू बाध्य बनेका छन् । अस्पतालअन्तर्गत रहेको रेविज भ्याक्सिन दिने कक्षबाहिर ‘भ्याक्सिन सकिएकोले सेवा उपलब्ध छैन’ भन्ने सूचना टाँस गरिएको छ ।

अस्पतालले मध्यमाञ्चल क्षेत्रिय मेडिकल स्टोर हेटौँडाबाट प्रत्येक महिना ८ सय भ्याक्सिन प्राप्त हुने गरेको तर यस महिना केवल ४०० भ्याक्सिन प्राप्त भएकोले प्राप्त भ्याक्सिन छिट्टै समाप्त हुँदा सेवा बन्द गरिएको जनाएको छ ।

यता प्रत्येक दिन पर्सा जिल्ला र आसपासका क्षेत्रबाट भ्याक्सिन लिन आउने सेवाग्राहिले महँगो शुल्क तिरी अन्य स्थानबाट भ्याक्सिन लिनुपरेको छ । अस्पताल पुगी जाँच पुर्जीसमेत कटाई सेवा प्राप्त नभएपछि बहुदरमाई नगरपालिका वडा नं ७ भौराटारका शिवपुजन यादवले अस्पतालबाट सेवा प्राप्त नभएपछि अन्य स्थानबाट भ्याक्सिन लिनु परेकोमा आक्रोश व्यक्त गरे ।

अस्पतालका एक कर्मचारीले भ्याक्सिन नभएको कारण दिनहुँ दर्जनौँको सङ्ख्यामा अस्पताल आउने सेवाग्राहीले बाध्य भएर अन्य स्थानहरुबाट चर्को मुल्यमा भ्याक्सिन लिनुपरेको बताए । विगत एक महिनादेखि अस्पतालमा भ्याक्सिनको आभाव भए पनि सम्बन्धित निकाय मौन रहेको छ । कतै भ्याक्सिनको अभाव देखाएर अन्यत्रैबाट महँगोमा किनाउन कुनै गिरोहले ‘सिण्डिकेट’ खडा गरेको त होइन भन्ने आशङ्का समेत गरिन थालिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kinu Fhagami

    Hora Sabita Tilija kanxi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?