बाहुबली २ का भल्लल देभको वास्तविकता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
७५२ पटक हेरिएको
Shares
बाहुबली २ का भल्लल देभको वास्तविकता

सारांश

  • ‘बाहुबली २’ अहिले विश्वभर एकसाथ रिलिज भैरहेको छ ।
  • रिलिजको पहिलो दिननै धमाकेदार विजनेश गरेको यो फिल्मले विभिन्न रेकर्ड समेत बनाइसकेको छ ।
  • तर, के तपाईहरुले फिल्ममा भल्लाल देव बनेका राणा दग्गुबातीको जिन्दगीसँग जोडिएको एक सत्यता थाहा छ ?

‘बाहुबली २’ अहिले विश्वभर एकसाथ रिलिज भैरहेको छ । रिलिजको पहिलो दिननै धमाकेदार विजनेश गरेको यो फिल्मले विभिन्न रेकर्ड समेत बनाइसकेको छ । तर, के तपाईहरुले फिल्ममा भल्लाल देव बनेका राणा दग्गुबातीको जिन्दगीसँग जोडिएको एक सत्यता थाहा छ ? खासमा, राणा आफ्नो दायाँ आँखाबाट देख्न सक्दैनन् ।  उनलाई दायाँ आँखा सानैमा कसैले डोनेट गरेका थिए । तर, त्यसमा ज्योती भने थिएन् ।

राणाले यसको खुलासा एक तेलुगु च्याट शोको क्रममा गरेका छन् । यो शोमा सिलेब्स मानिसको मद्दतका लागि आउँछन् र एकदिन उनीहरुको जिन्दगी जिउने गर्छन । उक्त शोको क्रममा राणाले भने, ‘के म तपाईहरुलाई एउटा कुरा भनौं ? म दायाँ आँखाबाट हेर्न सक्दिन । मात्र म बायाँ आँखाबाट देख्न सक्छु । यदी मैले बायाँ आँखा बन्द गरेभने केही पनि देख्दिन ।’

राणाले लगभग आठ बर्षदेखी फिल्म इन्डस्ट्रीमा छन् । राणाले आफ्नो करिअरमा ठूला-ठूला भूमिका निर्वाहा गरिसकेका छन् । ‘बाहुबली’ बाट त उनी भारतमा मात्र होइन विदेशमा पनि फेमस भए ।
‘बाहुबली २’ गएको शुक्रबारबाट प्रदर्शन भैरहेको छ । २८ अप्रिलमा रिलिज भएको यो फिल्मले अहिले बक्सअफिसमा राम्रै पैसा छापेको छ । फिल्ममा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया र सत्यराज लीड रोलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?