गुल्मीमा एक लाख घुससहित सब इन्जिनियर पक्राउ
सारांश
- काठमाडौं, १२ साउन ।
- गुल्मी जिल्लामा घुस लिँदै गरेको अवस्थामा एकजना शव इन्जिनियर पक्राउ परेका छन् ।
- तम्घास–सिमलटारी–प्युठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् ।
काठमाडौं, १२ साउन । गुल्मी जिल्लामा घुस लिँदै गरेको अवस्थामा एकजना शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास–सिमलटारी–प्युठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् ।
सब इन्जिनियर झालाई शनिवार बिहान उनकै कोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो । सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बस्ने झाले आज निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई “रनिङ्ग बिल” भुक्तानीका लागि रकमसहित बोलाएका थिए ।
अख्तियार सोही सूचना प्राप्त गरी बुटवलबाट गुल्मी पुगेको थियो । टोलीले झालाई कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया