‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
सारांश
- बनेपा, ५ फागुन ।
- धम्की, अपहरण, हत्या, जबरजस्ती पैसा असुली जस्ता घटनामा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘गुन्डा नाइके’ दावा लामा नेपाल तरुण दल काभ्रेको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।
- हत्या अभियोगसहित विभिन्न अपराधमा सजाय भोगी सकेका दावालाई नेपाली कांग्रेसले तरुण दलको जिम्मेवारी दिएको हो ।
बनेपा, ५ फागुन । धम्की, अपहरण, हत्या, जबरजस्ती पैसा असुली जस्ता घटनामा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘गुन्डा नाइके’ दावा लामा नेपाल तरुण दल काभ्रेको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।
हत्या अभियोगसहित विभिन्न अपराधमा सजाय भोगी सकेका दावालाई नेपाली कांग्रेसले तरुण दलको जिम्मेवारी दिएको हो । केही महिना अगाडि तरुण दल काभ्रेको अध्यक्षमा नियुक्त भएका दावालाई सामाजिक सञ्जाल फेसबुकमा बधाई आउने क्रम जारी छ ।
दावालाई प्रहरीले राजधानीमा गैरकानूनी कार्य गरेको भन्दै दर्जनौ पटक पक्राउ गरेर छाडेको थियो । दावालाई कांग्रेस काभ्रेका नेता तीर्थ लामाले संरक्षण दिँदै आएका छन् । दावालाई संरक्षण गर्नेमा महेश खरेल पनि देखिएका छन् । खरेल तरुण दलका नेता हुन् ।
दावाका गलत काम र राजनीतिक संरक्षण दिँदै आएका तीर्थ र खरेलकै दवावमा तरुण दलको जिम्मेवारी दिइएको हो ।
राम्रो छवि नभएका दालालाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिएपछि काभ्रे कांग्रेसभित्र बबण्डर भएको छ । दावालाई तरुण दलको अध्यक्षबाट हटाउन दवाव उठेको छ ।
यद्यपि, दावा लामाले आफूलाई कसले तरुण दलको अध्यक्ष पदबाट नहटाउन भनेर धम्की दिएको काभ्रे कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रतिक्रिया