प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी

सारांश

  • काठमाडौं – सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ।
  • यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन्।
  • मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी संख्या २ सय ३२ पु-याइएको छ।

काठमाडौं – सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ। यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन्। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी संख्या २ सय ३२ पु-याइएको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ दरबन्दी थियो। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालयमा कर्मचारी संख्या कटौती गरेका थिए।

प्रधानमन्त्री कार्यालयमा ५ वटा महाशाखा थपिएका छन्। थप गरिएकामा मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता महाशाखा, प्रादेशिक समन्वय योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखा छन्। यस्तै लगानी तथा रोजागार प्रवद्र्धन महाशाखा र पूर्वाधार विकास महाशाखा थपिएका छन्। कानुन महाशाखालाई टुक्र्याएर कानुन तथा फैसला महाशाखा र मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता महाशाखा बनाइएका छन्। प्रधानमन्त्री कार्यालयमा नतिजा व्यवस्थापन महाशाखा, सामाजिक विकास महाशाखासहित अब ११ महाशाखा कायम भएका छन्। यसअघि प्रधानमन्त्री कार्यालयमा ६ वटा मात्र महाशाखा थिए ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा महाशाखाको संख्या थपिए पनि अन्य २० मन्त्रालयमा भने महाशाखाको संख्या कटौती भएको छ। २० वटा मन्त्रालयमा १० वटा महाशाखाको संख्या कटौती गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाहेक २० मन्त्रालयमध्ये १५  मन्त्रालयमा कर्मचारीको दरबन्दी कटौती गरिएको छ भने ४  वटा मन्त्रालयमा दरबन्दी बढाइएको छ।  एउटा मन्त्रालयमा दरबन्दी यथावत् राखिएको छ।  दरबन्दी बढाइएको मन्त्रालयमा सूचना तथा सञ्चार मन्त्रालय (७५ बाट ८५), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (६७ बाट ७२), महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय (८० बाट ८६), ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय (१ सय १२ बाट १ सय १७)  दरबन्दी कायम गरिएको छ । रक्षा मन्त्रालयमा ९८ कर्मचारी दरबन्दी कायमै राखिएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

(https://www.newslive.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shankar Nanda

    K xa ta. Com.
    Mamako dhan phupuko sharad. Je gare pani hunxa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
मनकामना केबुलकार एक हप्ता बन्द हुने
मनकामना केबुलकार एक हप्ता बन्द हुने
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो

तपाईंले छुटाउनुभयो कि?