गोहीको नाम पनि बोटे, माझी र मुसहर !

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
गोहीको नाम पनि बोटे, माझी र मुसहर !

सारांश

  • चितवन,फागुन ५ ।
  • बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला ।
  • घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो ।

चितवन,फागुन ५ । बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो । यसअघि कहिल्यै पनि गोही छाड्दा बोटे, मुसहर, माझीलाई समुदाय सहभागी गराइएको थिएन । मन्त्री, नेता वा सरकारी अधिकारीको रोहवरमा गोही छाडिन्थ्यो । तर शुक्रबार भने फरक गतिविधिका साथ सिमान्तकृत समुदायलाई केन्द्रबिन्दुमा राखेर चिह्न लगाई २४ वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा बोटे, मुसहरले समेत गोही समाएर नदीमा छाडे । जहाँ महिलासमेत सहभागी थिए । विगतमा नदीमा माछा मार्न राखिएका जालमा अड्किएर गोही मरेका उदाहरण छन् । त्यसैले यो नयाँ प्रयोगस्वरुप जिम्मेवार बनाई संरक्षणमा चेतना दिन उनीहरुको नाममा गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले जानकारी दिए ।

जल र जंगलमा आश्रित हुँदै आएका ती समुदायलाई गोही संरक्षणप्रति जिम्मेवारी बोध गराउन पहिलो प्रयोगस्वरुप उनीहरुकै नाममा यसरी प्राकृतिक बासस्थानमा गोही छाडिएको हो । विश्वमै अति–संकटासन्न अवस्थामा पुगेको छ घडियाल गोही । त्यस प्रजातिको संरक्षण चुनौती बन्दै गएको छ । केही वर्षअघिसम्म नेपालका ठूला नदीमा पाइने घडियाल गोही चितवन र बर्दियामा मात्र सीमित हुन पुगेको छ । अहिलेसम्म निकुञ्जमा पालिएका एक हजारभन्दा बढी गोही छाडिए पनि नदीमा गोही नगण्य छन् । निकुञ्जमा गोही प्रजनन केन्द्र नहुँदो हो त नेपालमा यो प्रजाति लोप भइसक्ने थियो । नदीमा गोहीको संख्या घट्दो क्रममा रहेकाले संख्या बढाउन यसरी पालिएका गोही नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

एक हजारभन्दा बढी गोही नदीमा छाडिए पनि पछिल्लो अनुगमनमा नेपालका नदीमा घडियाल गोहीको संख्या १९८ गणना गरिएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिए पनि करिब १० प्रतिशत मात्रै बाँच्ने गरेको छ । पछिल्लो पटक बर्दियामा समेत गोही प्रजनन हुन थालेको छ । प्रदूषित पानी, माछाको अभाव तथा बगेर भारत पुग्ने लगायतका कारण पनि गोही लोप हुँदै गएको पाइन्छ । यस पटक छाडिएका गोही करिब ६ देखि ७ वर्षको छ । यसअघि फागुन २ गते पनि उक्त नदीमा २४ वटा गोही छाडिएको थियो ।

गोही नदीमा छाड्दै क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले पानीमा गोही पाउनु सफा पानीको सूचक भएको र पारिस्थितिक प्रणालीमा यसको उपस्थितिको ठूलो महत्व रहेको उल्लेख गरे।निकुञ्ज आसपास पानीमा आश्रित समुदाय बोटे, माझी, मुसहरलाई समेत सहभागी गराएर उनीहरुकै नाममा गोहीलाई नदीमा छाडिँदा ती समुदायमा संरक्षणप्रति चासो बढ्ने आशा राखिएको अर्यालले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई समुदायसँगको सहकार्यमा विगतदेखि नै संरक्षण कार्यक्रम अघि बढाइँदै आइएको सन्दर्भमा अहिले बोटे, माझी, मुसहरलाई सहभागी गराउँदा कार्यक्रम थप प्रभावकारी हुने बताउछन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५९५ गोही रहेका छन् । यो वर्ष करिब १०० गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल
यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल
विद्युतीय सवारीकाे आयात ६६ प्रतिशतले बढ्यो
विद्युतीय सवारीकाे आयात ६६ प्रतिशतले बढ्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्

तपाईंले छुटाउनुभयो कि?