बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ
सारांश
- नेपालगन्ज, १३ चैत ।
- पानी तान्ने मोटर बिगारेको आरोप लगाउँदै ६ वर्षीया बालिकालाई राँगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
- कोहलपुर नगरपालिका– ४ की गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ ।
नेपालगन्ज, १३ चैत । पानी तान्ने मोटर बिगारेको आरोप लगाउँदै ६ वर्षीया बालिकालाई राँगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । कोहलपुर नगरपालिका– ४ की गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ ।
गोबर खुवाएको आरोप लागेकी परियारलाई कोहलपुर इलाका प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आँगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोशमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
बालिका सरिता सोमबार साँझ गीताको आँगनमा खेलिरहेकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि मोटर बिगारेको आरोप लगाएकी थिइन् । आरोप मात्रै होइन त्यही रिसमा बालिकालाई गोबर खुवाएको आरोप समेत लागेको छ ।
प्रतिक्रिया