विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल

सारांश

  • नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएकाले अब आर्थिक विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
  • वसुन्धरा टोल सुधार समितिले आयोजना गरेको चुनावी सभामा महासचिव पोखरेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका जनताले परिवर्तनको अनुभव गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै देशमा औद्योगिक क्रान्तिको खाँचो औँल्याउनुभयो ।
  • देशमा रोजगारका अवसर सिर्जना नहँुदा युवा जनशक्ति विदेशिएको बताउँदै उहाँले मुलुकमा कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा स्वदेशी पूँजी परिचालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएकाले अब आर्थिक विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

वसुन्धरा टोल सुधार समितिले आयोजना गरेको चुनावी सभामा महासचिव पोखरेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका जनताले परिवर्तनको अनुभव गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै देशमा औद्योगिक क्रान्तिको खाँचो औँल्याउनुभयो ।

देशमा रोजगारका अवसर सिर्जना नहँुदा युवा जनशक्ति विदेशिएको बताउँदै उहाँले मुलुकमा कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा स्वदेशी पूँजी परिचालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका महासचिव पोखरेलले देशमा राजनीतिक स्थिरता र स्थायित्व कायम गर्नका लागि वाम गठबन्धन निर्माण भएको प्रष्ट पार्दै सो गठबन्धनलाई जनताले बहुमतका साथ जिताएमा पाँच वर्षभित्र विकासका योजना सञ्चालन गरी देशको मुहार फेर्ने दृष्टिकोण गठबन्धनको रहेको जानकारी गराउनुभयो ।

सोही क्षेत्र प्रदेश (ख) का उम्मेदवार दीपक निरौलाले मुलुकमा भएका स्रोत र साधनको समुचित परिचालन गरी पूर्वाधार निर्माण तथा स्थानीय विकासमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narottam Lal Maskey

    Muddha agaadi badhera k garnye,fsisalaa galat hunxa?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?