अचानक एकता संयोजन समितिको बैठक स्थगित
सारांश
- काठमाडौं, फागुन ६ ।
- वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबारका लागि बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।
- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालकोटमा भएको वार्तापछि आइतबारका लागि एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो ।
काठमाडौं, फागुन ६ । वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबारका लागि बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालकोटमा भएको वार्तापछि आइतबारका लागि एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो ।
तर दुई पार्टीका अध्यक्षबिच नै एकताका विषयमा मिल्न बाँकी कुरामा सहमतिको खाँचो रहेको र त्यसका लागि दुई शीर्ष नेताबीच अन्तिम चरणाको वार्ताको खाँचो रहेको भन्दै एकता संयोजन समितिको बैठक स्थगित गरिएको हो ।
शनिबार बालकोटमा वार्ता गरेका ओली र प्रचण्डबीच आइतबार बिहान ११ बजेपछि भक्तपुरमै माओवादीका एक कार्यकर्ताको घरमा गोप्य छलफल हुने तय भएको छ ।
ओली र प्रचण्डबिच आइतबार लामो वार्ता हुने र एकतामा बाधा बनेर तेर्सिएका तगारो हटाउने प्रयास हुने स्रोतले बताएको छ ।
आइतबारको ओली–प्रचण्ड वार्ता वाम एकताका लागि ‘ब्रेक–थ्रु’ बनाउने तयारी रहेको स्रोतको दाबी छ । ओली–प्रचण्ड वार्तापछि सोमबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
Hsejar Francu Gnamat
Milne vaye mili halne namilne vaye namilne bekar ko news ko head line kati banairako
कमल नेपाल
यी कुकुर हरु हुन जन्ता को आँखा मा लगातार छारो हाल्दै छन ।
Laxmi Sapkota
छलफल,बैठक,सहमति,स्थकित,कति हेर्नू यी निउज,नमिल्ने भए जाउ भारततिर ,याहाँ अब तिमिहरुकाे स्थान छैन।
Gurung Man
एकतामा भांजो हाल्ने दोस्रो तहका खातेहरुलाई तह वा पार्टीबाट निश्कासन नगरे संम यो एकताको कुरा नगर्दा हुन्छ, पार्टीले निश्कासन गरे पछि तिनिहरुको पद पनि स्वत निलम्बित हुनु पर्ने नियाम बनाउनु पर्छ नत्रभने यिनिहरु सांढेजस्तै छाडा हुन्छन भंढुवा हुन्छन् ।