हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु
सारांश
- काठमाडौं।
- मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सेखोलामा हिमपहरो गएको छ।
- हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न शुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले जानकारी दिए।
काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सेखोलामा हिमपहरो गएको छ।
हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न शुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले जानकारी दिए।
सुबेदीका अनुसार हिमपहिरोका कारण थुनिएको खोलाबाट बस्तीमा कुनै ठूलो क्षति पुग्ने सम्भावना भने छैन। त्यसो त प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीहरुको टोली हिमपहिरो खसेको स्थानतर्फ गइसकेको छ। बोक्से खोला कालिगण्डकी नदीको सहायक नदी हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया