ओलीको हङकङ पत्रिकालाई दिएको अन्तवार्ताले भारतमा महाभूकम्प

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
ओलीको हङकङ पत्रिकालाई दिएको अन्तवार्ताले भारतमा महाभूकम्प

सारांश

  • काठमाडौं, फागुन ८ ।
  • प्रधानमन्त्री केपी ओलीको ‘साउथ चाइना मर्निङ पोस्ट’ लाई दिएको अन्तवार्ता यतिबेला चर्चाको विषय बन्न पुगेको छ ।
  • प्रधानमन्त्री ओलीको अन्तरवार्ता हङकङबाट प्रकाशित हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ को पहिलो पृष्ठ मै प्रकाशित भएको हो ।

काठमाडौं, फागुन ८ । प्रधानमन्त्री केपी ओलीको ‘साउथ चाइना मर्निङ पोस्ट’ लाई दिएको अन्तवार्ता यतिबेला चर्चाको विषय बन्न पुगेको छ ।

प्रधानमन्त्री ओलीको अन्तरवार्ता हङकङबाट प्रकाशित हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ को पहिलो पृष्ठ मै प्रकाशित भएको हो । ओलीको अन्तवार्ताले भारतमा हलचल पैदा भएको छ ।

सो अखबारको मंगलबारको संस्करणमा ओलीको अन्तरवार्ताले निकै महत्व पाएको छ भने भारतमा सोही अन्तरवार्तालाई लिएर हलचल भएको छ । भारतीय मिडियाले सो अन्तरवार्ताका आधारमा ओलीले चीनसँग गहिरो सम्बन्ध बनाउँदै भारतसँग बढी फाइदा लिने रणनीति अख्तियार गरिरहेको विश्लेषण प्रकाशित गरेका छन् ।

अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भारतसँग हाम्रो कनेक्टिभिटी राम्रो छ, खुला सीमा छ । यी सब ठिकै छन्, हामी कनेक्टिभिटी अझ बढाउँछौं तर हाम्रा दुई छिमेकी छन् भन्ने कुरालाई हामी बिर्सिदैनौं ।’

ओलीले आफूहरु कुनै एक देशसँग निर्भर नहरने पनि अन्तवार्तामा प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘हामी कुनै एक देशसँग निर्भर हुन चाहँदैनौं, केवल एउटा विकल्पमा रहँदैनौं ।’

भारतसँगको सम्बन्धका बारेमा चर्चा गर्दै उनले भनेका छन्, ‘भारतसँग हाम्रो सम्बन्ध राम्रै छ । भारतमा केही तत्वले भ्रम सिर्जना गर्ने कोसिस गरे तर भारतीय नेताहरुले भविष्यमा त्यस प्रकारको हस्तक्षेप नहुने र एक अर्काको स्वायत्तताको सम्मान गर्ने आश्वासन दिएका छन् ।’

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई समयानुकुल परिमार्जन गर्ने चाहना पनि प्रकट गरेका छन् ।

ओलीको सो अन्तरवार्ता प्रकाशित भएलगत्तै नवभारत टाइम्स, अमर उजालालगायतका भारतीय अखबारका अनलाइन संस्करणमा विश्लेषणत्मक समाचार प्रकाशित भएका छन् । ती समाचारमा ओलीले चीनलाई देखाएर भारतसँग फाइदा लिन खोजेको टिप्पणी गरिएको छ ।

(https://www.lifesecure.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lama Keto

    dhiraj ji mero famly pani auxu hai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?