‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२१ पटक हेरिएको
Shares
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे

सारांश

  • काठमाडौं ।
  • सरोज न्यौपानेको फिल्म ‘ग्याङस्टार ब्लुज’को प्रिमिर सम्पन्न भएको छ ।
  • प्रिमियरमा उपस्थित फिल्मकी मूख्य अभिनेत्री आना शर्मा आकर्षक पहिरनमा उपस्थित त भईन् तर उनले आफ्नो पहिरनलाई सम्हाल्नै हम्मे–हम्मे प¥यो ।

काठमाडौं । सरोज न्यौपानेको फिल्म ‘ग्याङस्टार ब्लुज’को प्रिमिर सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित फिल्मकी मूख्य अभिनेत्री आना शर्मा आकर्षक पहिरनमा उपस्थित त भईन् तर उनले आफ्नो पहिरनलाई सम्हाल्नै हम्मे–हम्मे प¥यो ।

फिल्मकी मूख्य अभिनेत्री आनाले लगाएकी पहिरनले उनी आफैँलाई असहज महशुस भएको प्रिमियरमा प्रष्ट रुपमै देखिन्थ्यो । चावाहिलस्थित केएल टावरमा सम्पन्न भएको ‘ग्याङस्टार ब्लुज’को प्रिमियरमा उनी डार्क ह्वाइट वान पिसमा उपस्थित भएकी थिईन् । आनालाई त्यस पहिरनले आकर्षक देखिए पनि सो पहिरन उनको लागि खासै सहज भएन । प्रिमियर सम्पन्न गर्नका लागि उनलाई निक्कै हम्मे–हम्मे भएको थियो ।

आनालाई पहिरनले साथ त दिएन् नै तर फिल्मले भने कतिको साथ दिन्छ त्यो चाहिँ हेर्न बाँकी छ । जेरी फिल्मबाट डेब्यु गरेकी आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लुज’ यहि भदौ २ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्ममा आनाको अपोजिटमा आशिरमान देशराज जोशी रहेका छन् । आशिरमानको यो पहिलो फिल्म हो ।

फिल्म हेरिसकेका दर्शकहरुले ‘ग्याङस्टार ब्लुज’ राम्रो रहेको प्रतिकृया दिएका छन् । फिल्मको निर्माण पक्ष पनि आना र आशिरमानको जोडी जम्नेमा निकै आशावादी रहेका छन् । सरोज न्यौपानेको निर्माणमा फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

फिल्ममा आना र आशिरमानको अलवा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी लगायत मूख्य भूमिकामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?