अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा

सारांश

  • काठमाडौं, १० फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
  • आज बेलुकी बसेको पार्टीको कार्यालय बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको हो ।

काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । आज बेलुकी बसेको पार्टीको कार्यालय बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको हो ।

मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर मन्त्री पठाउने विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । “तर आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन”, प्रवक्ता भुसालले भनिन्, “मन्त्रालय १८ वटा बनाउने भन्ने कुरा भएको छ । तर नामका बारेमा माथिका पक्षहरु विचार गरेर अध्यक्षलाई जिम्मा दिइएको छ ।”

बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल गरिएको थियो । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह ४ बजेदेखि चलेको बैठकमा नेकपा एमालेसँगको पार्टी एकता, सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

प्रवक्ता भुसालका अनुसार, बैठकमा सहभागी कार्यालय सदस्यहरुले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुराउन गठित दुबै कार्यदलको आजको बैठकको प्रगतिका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?