नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१७ पटक हेरिएको
Shares
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम

सारांश

  • चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले उपचारमा लापरवाही भए डाक्टरले नै क्षतिपुर्ति दिनुपर्ने भनी सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको छ ।
  • आफूहरुलाई जानकारीनै नदिई अपरिपक्क तरिकाले निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएको हो ।
  • सरकारले चिकित्सकको कमजोरीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न डाक्टरले क्षतिपुर्ति दिनुपर्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको ६ घण्टा बित्न नपाउँदै चिकित्सक संघले निर्णय फिर्ता लिन भनेको हो ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले उपचारमा लापरवाही भए डाक्टरले नै क्षतिपुर्ति दिनुपर्ने भनी सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको छ ।

आफूहरुलाई जानकारीनै नदिई अपरिपक्क तरिकाले निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएको हो । सरकारले चिकित्सकको कमजोरीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न डाक्टरले क्षतिपुर्ति दिनुपर्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको ६ घण्टा बित्न नपाउँदै चिकित्सक संघले निर्णय फिर्ता लिन भनेको हो ।

संघका महासचिव डा. लोचन कार्कीले नयाँ पत्रिकासँग भने, ‘हामीले बिरामी र चिकित्सकलाई कानूनी दायरामा ल्याउन कानून बनाउँदै गर्दा कसैको राय सल्लाहविना सरकारले यस्तो निर्णय गरेको छ । यो चिकित्सकको हितमा छैन । तत्काल निर्णय फिर्ता नलिए देशै भरीका स्वास्थ्य संस्था थप्प पार्ने छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?