शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो- प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ, ११ फागुन , प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ ।
  • उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।
  • ” प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्नुभयो ।

काठमाडौँ, ११ फागुन , प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ ।

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्नुभयो ।

“विश्वका अन्य देशजस्तै नेपालले पनि चाँडै नै आर्थिक विकासमा प्रगति गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले सरकारको ध्यान अब आर्थिक समृद्धितिर हुन्छ ।”

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने पनि बताउनुभयो ।

हिसानका अध्यक्ष रमेश सिलवालले निजी क्षेत्रले शिक्षामा पु¥याएको योगदानको चर्चा गर्दै सरकारसँग मिलेर निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने चाहना भएको बताउनुभयो ।

उहाँले अहिले केन्द्रबाट मात्र सञ्चालित शिक्षा नीतिलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा छुट्टै शिक्षा नीतिको आवश्यकता भएको औँल्याउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १६ देशका ३५० जनाको सहभागिता छ । सम्मेलनमा भारत, चीन, क्यानडा, अमेरिका, अष्ट्रेलियालगायत १५ देशका विश्वविद्यालयका प्राध्यापकले आ—आफ्नो देशका संघीय संरचनाका शिक्षा नीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नेपालमा संघीय संरचनामा कस्तो शिक्षा नीति आवश्यक हुन्छ भनेर छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
काभ्रेमा एकै परिवारका तीन जनाकाे मृत्यु !
काभ्रेमा एकै परिवारका तीन जनाकाे मृत्यु !
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
ब्राइटनसँग टोटनह्याम स्तब्ध
ब्राइटनसँग टोटनह्याम स्तब्ध
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
गगन थापाले भने : पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
गगन थापाले भने : पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
नेप्से परिसूचकको उकालो यात्रा जारी
नेप्से परिसूचकको उकालो यात्रा जारी
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा

तपाईंले छुटाउनुभयो कि?