ब्राइटनसँग टोटनह्याम स्तब्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
ब्राइटनसँग टोटनह्याम स्तब्ध

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्राइटनसँग पराजित भएको छ।
  • गएराति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्राइटनसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा यान्कुबा मिनटेह, जर्जिन्हो रटर र डानी वेलब्याकले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।

ब्राइटनको यो यस सिजनमा तेस्रो जित हो । ७ खेलमा यो जितपछि १२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । टोटनह्यामको ७ खेलमा १० अंक रहेको छ र लिगमा नवौं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?