प्रदेश ४ मा अझै किन गएनन् कर्मचारी!

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१७ पटक हेरिएको
Shares
प्रदेश ४ मा अझै किन गएनन् कर्मचारी!

सारांश

  • काठमाडौं, १२ फागुन – प्रदेश ४ मा केन्द्र सरकारले अन्तरिम व्यवस्थापनको लागि खटाएका २२९ मध्ये १२० जना मात्र हाजिर भएका छन् ।
  • कतिपय मन्त्रालयमा कार्यालय व्यवस्थापनका काम नै नसकिएका कारण कर्मचारी संख्या कम भए पनि कार्य सञ्चालनमा समस्या भएको छैन ।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, १२ फागुन – प्रदेश ४ मा केन्द्र सरकारले अन्तरिम व्यवस्थापनको लागि खटाएका २२९ मध्ये १२० जना मात्र हाजिर भएका छन् । कतिपय मन्त्रालयमा कार्यालय व्यवस्थापनका काम नै नसकिएका कारण कर्मचारी संख्या कम भए पनि कार्य सञ्चालनमा समस्या भएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कतिपय कर्मचारी प्रदेश ४ का विभिन्न कार्यालयमा हाजिर नभए पनि सम्पर्कमा रहेका छन् । खटाइएका कर्मचारीमध्ये शुक्रबारसम्म १०९ कर्मचारी कार्यालय पुगेका छैनन् ।

भौतिकमा दुईतिहाइ कर्मचारी पुगेनन्
कतिपय कार्यालयमा एकतिहाइसम्म कर्मचारी आएका छैनन् भने कुनै कार्यालयमा एकजना मात्रै आइपुगेका छैनन् । प्रदेश प्रमुख कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीका अनुसार परराष्ट्र मन्त्रालयका एक अधिकृत आइपुगेका छैनन् । यसको विपरीत भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने सबैभन्दा धेरैजना कर्मचारी आइपुग्न बाँकी छ । मन्त्रालयलाई ३३ जना कर्मचारी खटाइएको भए पनि शुक्रबारसम्ममा १० जना मात्र कर्मचारी आइपुगेका छन् । अझै २३ जना कर्मचारी आइपुग्न बाँकी छन् ।

नआए पनि सम्पर्कमा छन्
प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले खटाइएका कर्मचारी नआए पनि सम्पर्कमा रहेको बताए । केही बाहिरबाट आउनुपर्ने भएकाले समय लागेको उनको भनाइ छ । ‘अहिले मन्त्रालय स्थापना भइसकेको भए पनि काम नभएकाले समस्या छैन’ उनले भने । मन्त्रालय सञ्चालनका लागि आवश्यक काम र प्रदेश सभाका लागि चाहिने सम्पूर्ण तयारी २० फागुनसम्म पूरा गरिने प्रमुख सचिव अर्यालले जानकारी दिए ।

कर्मचारीबारे को के भन्छन् ?
काममा समस्या छैन : झलकराम सुवेदी 
प्रवक्ता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, 
काममा समस्या छैन । आवश्यकताअनुसार सबै काम भइरहेको छ । कर्मचारी कार्यालयमा नआए पनि सम्पर्कमा रहेका छन् । हामीले दैनिक हुने कामसँगै कर्मचारी पदपूर्तिको काम पनि जारी राखेका छौँ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bijay Yadav

    Sarkar baliyo ki karmachary

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
वसन्ती छठ पर्वको निराहार व्रत आज
वसन्ती छठ पर्वको निराहार व्रत आज
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’
Just how Google Is Altering The way you Approach Top ten Chinese Dating Sites on top10chinesedatingsites. net
समुदायको लगानीमा प्रवेशद्वार निर्माण
समुदायको लगानीमा प्रवेशद्वार निर्माण
सरकारबाट हटाइन लागिएका यी हुन् सम्भावित मन्त्रीहरु
सरकारबाट हटाइन लागिएका यी हुन् सम्भावित मन्त्रीहरु
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?

तपाईंले छुटाउनुभयो कि?