सरकारबाट हटाइन लागिएका यी हुन् सम्भावित मन्त्रीहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
सरकारबाट हटाइन लागिएका यी हुन् सम्भावित मन्त्रीहरु

सारांश

  • २०७६ असार १ गते प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किए लगत्तै सिंहदरबारका झण्डै आधा दर्जन मन्त्रालयका नेमप्लेट फेर्नका लागि गृह कार्य सुरु हुने भएको छ ।
  • कार्यसम्पादन सुधार गर्न पटक–पटक गरिएको ताकेताले काम नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् ।
  • स्रोतका अनुसार, फेरिन लागेका मन्त्रीमा अधिकांश तत्कालीन माओवादीका छन् ।

२०७६ असार १ गते प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किए लगत्तै सिंहदरबारका झण्डै आधा दर्जन मन्त्रालयका नेमप्लेट फेर्नका लागि गृह कार्य सुरु हुने भएको छ । कार्यसम्पादन सुधार गर्न पटक–पटक गरिएको ताकेताले काम नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् । स्रोतका अनुसार, फेरिन लागेका मन्त्रीमा अधिकांश तत्कालीन माओवादीका छन् । तत्कालीन एमालेका पनि केहीले बिदा पाउँदैछन् । प्रधानमन्त्री ओलीले केही समयदेखि मन्त्रीहरुको अनलाइन अनुगमन गर्दै आइरहेका छन् । अनलाइन अनुगमनमा कमजोर देखिएका मन्त्रीहरुको कार्यशैलीमा सुधारको गुञ्जायस नदेखिएपछि ओली टिम परिवर्तन गर्न कस्सिएका छन् । तर, जुन जुन मन्त्रीको कार्यसम्पादन सन्तोषजनक छैन ती मन्त्रीहरु चलाउन प्रधानमन्त्रीलाई फलामको च्यूरा जस्तै हुन पुगेको स्रोत बताउछ ।

संसदबाट बजेट पास भएपछि प्रधानमन्त्री ओलीले असक्षम मन्त्रीहरुलाई विदा गर्ने सोच बनाएको स्रोत बताउछ । विदा हुने मन्त्रीको पहिलो नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई रहेको चर्चा छ । अनलाइन अनुगमनमा यादव निकै कमजोर देखिएको बताइन्छ । त्यसैले ओलीले उनलाई बिदावारी गर्ने मन्त्रीको सूचीमा राखिसकेको चर्चा चलेको हो ।

अघिल्ला मन्त्रीत्वकालमा अनेक विवादमा मुछिएका मात्रिकाको कार्यसम्पादन यो पटक पनि निकै भुत्तो भएको निष्कर्ष प्रधानमन्त्री ओलीको रहेको बताइन्छ । सुरुमा ओली सरकारको भरोसायोग्य मन्त्रीका रुपमा यादवलाई हेरिए पनि उनी खरो उत्रन नसकेको तथा लाभहानीमा अल्झिएको बुझाइ पार्टी पंक्तिमा रहेको स्रोत बताउछ । स्थायी सरकारको बलियो मन्त्री मात्रिकाले बजार अनुगमनजस्तो मामुली कामसमेत गर्न सकेका छैनन् ।

यही बीच मात्रिकालाई मन्त्रिपरिषद्बाट बिदा गरेर पार्टीका सक्षम माननीयलाई त्यसको जिम्मेवारी दिने सोच ओलीे बनाएको र प्रचण्डसंग सहमति लिने तयारी गरिएको बताइन्छ ।

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ पनि जिम्मेवारीमुक्त हुने लगभग निश्चित जस्तै छ । मन्त्री खनालको कार्यशैलीमा कुनै सुधार नआएपछि प्रधानमन्त्री ओली उनको विकल्प खोज्ने निष्कर्षमा पुगेको दाबी स्रोतको छ । विश्वस्त सूत्रका अनुसार, शक्तिशाली मन्त्रिपरिषद्को सदस्य भएर पनि उनको कार्यशैली विगतका मन्त्रीभन्दा माथि उठ्न नसकेकोमा प्रधानमन्त्री खनालसँग बेखुस रहेका छन् ।

भिजनका हिसाबले पनि उनले खासै नयाँ योजना ल्याउन नसकेको बताइन्छ । कृषिको भ्रष्टाचार न्यूनीकरण गर्न असफल, कृषि अनुदान वितरणमा मनपरी, कालीमाटी तरकारी बजारलगायतको विचौलिया तह लगाउने मामुली कामसमेत गर्न नसकेको आरोप उनीमाथि छ ।

डीभी÷पीआरवाला कर्मचारीलाई तह लगाएर चर्चामा आएका मन्त्री हुन्, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु यादव । अस्थिर सरकारमा उत्कृष्ट नतिजा निकालेका लालबाबु दुई तिहाई बहुमतप्राप्त सरकारको मन्त्री बन्दा ठूलै अपेक्षा गरिएको थियो । यो पटक लालबाबुको नेतृत्वमा भएको जटिल, तर सन्तोषजनक काम चाहिं एकलाख कर्मचारीको समायोजन हो ।

केदार पनेरु जस्ता सहसचिवको टीम वर्क र सक्रियताले लालबाबुको लाज यसपटक ढाकियो । अनलाइन अनुगमनमा पनि कुनै बेलाका सेलिब्रेटी मन्त्री लालबाबुको कार्यसम्पादन निरन्तर ओरालो लाग्दै गएको समयमा निजामती कर्मचारीको समायोजन नै मुख्य कामको रुपमा रहेको छ । त्यसैले ओली लालबाबुको विकल्प खोज्ने कि नखोज्ने भन्ने दोधारमा रहेको स्रोत बताउँछ । लालबाबुका बारेमा निर्णय लिंदा माधव नेपालको समेत सहमति जरुरी रहेकाले यिनका बारेमा यसै भन्न सकिने अवस्था छैन ।

वन मन्त्री शक्ति बस्नेतका ठाउँमा नयाँ अनुहार नियुक्त हुने सम्भावना पनि उत्तिकै बढेको चर्चा धुम्बाराहीतिर चल्न थालेको छ । अन्य मन्त्रीजस्तै बस्नेत पनि सचिव विश्वनाथ ओलीको लहलहीमा रहेको आफ्नो जिम्मेवारीमा खरो उत्रिन नसकेको तथा वन नभएको मन्त्रालयमै हराएको बुझाइ पार्टीपंक्ति भित्र रहेको बताइन्छ ।

शिक्षा मन्त्री हुन्, गिरिराजमणि पोखरेल । तर, उनको नाम पनि मन्त्रिपरिषदबाट फिर्ता बोलाउने मन्त्रीको सूचीमा चढेको चर्चा छ । प्रधानमन्त्रीको अनलाइन अनुगमन तथा बाह्य मूल्यांकनका आधारमा ओली गिरिराजमणिबाट पार नलाग्ने निष्कर्षमा पुगिसकेका छन् ।

असफल मन्त्री विना

मौजुदा मन्त्रिपरिषद्की सबैभन्दा कमजोर कडीमा पर्छिन् विना मगर । उनले मन्त्रीको हैसियतले गरेका कुनै पनि काम सन्तोषजनक छैनन् । उनको मन्त्रालय मातहतको मेलम्चीदेखि सबैतिर लठिभद्र छ । खानेपानीका अड्डा बेकामेजस्तै बन्न पुगेका छन् ।

कमजोर कार्यसम्पादनले विना नेतृत्वको मन्त्रालय अस्तव्यस्त बनेपनि, विनाले मौका यही हो को शैलीमा शुभलाभमा आफूलाई केन्द्रित गरेको प्रचण्ड र प्रचण्ड परिवारको बद्नाम गरेको निकटस्थहरु बताउँछन् । प्रचण्डले भिटो प्रयोग गरेर महादेवले कालकूट विष पिए झैं बिनाको बद्नामी नबोकेमा सम्भवतः ओली मन्त्रिपरिषद्बाट भुत्ते मन्त्री विनाको मन्त्री पद थमौती नहुने चर्चा नेकपामा छ ।

विनासंगै कार्यसम्पादनमा कमजोर देखिएका अन्य केही मन्त्री पनि हट्ने सम्भावना छ । सडक आयोजना र योजना प्रमुखको सरुवाका करोडौं संकलन गर्ने, ठेक्कापट्टामा कमिशनको बार्गेनिंग नमिलेसम्म करोडौंका ठेक्का र भुक्तानीका फाइल थन्क्याएर राख्ने, प्रधानमन्त्रीलाई बद्नाम गर्ने, भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठ पनि मौजुदा मन्त्रिपरिषद्बाट विदा गरिहाल्नुपर्ने मन्त्री हुन् ।

उनको हकमा पनि उपेन्द्र महतोको भिटो प्रधानमन्त्री ओली थाम्न सक्ने हुन् कि होइनन् स्पष्ट हुन सकेको छैन । मन्त्री रघुवीर महासेठलाई मन्त्रीमा कायम राख्नु भनेको प्रधानमन्त्रीले बद्नामीको भारी बोकेर हिंडेर सरह भन्ने चर्चा नेकपाका नेताहरुमा रहेको छ । साँघुन्यूजबाट

यो पनि पढ्नुस्
राजदुत सासुका कारण देउवा ओली प्रति नरम !

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ । देउवाले ओलीको जमेर विरोध गर्न सकेका छैनन् । ओली सरकारले विवादास्पद विधेयकहरु ल्याउने देखि सत्ता केन्द्रिकृत गर्दै लगेको विषय उठेपनि देउवा सशक्त रुपमा प्रस्तुत हुन सकेका छैनन् । यसमा उनको केही व्यक्तिगत स्वार्थ रहेको खुल्दै गएको छ । देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् । उनलाई फिर्ता बोलाउनुपर्ने आवाज नेकपाभित्र उठ्दै आएको छ । तर, ओलीले रोकेका छन् । यसमा ओली र देउवा बीचको घनिष्ठ सम्बन्ध कारण बनेको छ ।

दुई तिहाईको कम्युनिष्ट सरकार बन्नु अघि नियुक्त भएका अधिकांश राजदूत फिर्ता बोलाइएका छन् । नेपाली काँग्रेसले सत्ता चलाउँदा काँग्रेस र राप्रपाको कोटामा राजदूत बनाइएकाहरु फिर्ता बोलाइए पनि प्रतिभा राणा जापानमै छिन् । उनी राप्रपाको कोटामा राजदूत बनाइएकी थिइन् ।

प्रतिभालाई फिर्ता नबोलाउन देउवाले लबिङ गरे । यसमा लेनदेन समेत गरे । केही राजनीतिक नियुक्तिमा पनि देउवाले भाग पाए । त्यसपछि देउवाले ओली सरकारको हरेक कदमको मौन समर्थन गरेजस्तै बसे । विरोध गरेपनि त्यसलाई मथ्थर पार्ने दिशामा बढे ।

ओली र देउवाबीचको कनेक्शनका कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिका सत्तापक्षकै जस्तो छ । ओलीको कदमको विरोध काँग्रेस नेताहरुभन्दा पहिले नेकपाका नेताहरुबाट सुनिन्छ । सुदुरपश्चिम गृहक्षेत्र भएका भीम रावल ओलीका कडा आलोचक भएका छन् देउवाभन्दा । अहिले ओलीको कडा विरोध गर्ने उनै रावल छन् ।

अहिले देउवा पारिवारिक मोहमा परेको गुनासो काँग्रेसको देउवा पक्षभित्र नै उठिरहेको छ । देउवाको ओलीसँगको नेक्ससका कारण सरकारका गलत कदममा समेत प्रमुख प्रतिपक्षी दल फितलो भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव
भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
किन मोदीको भ्रमण प्राथमिकतामा परेन नेपाल ?
किन मोदीको भ्रमण प्राथमिकतामा परेन नेपाल ?
यस्ता छन् मन्त्रीपरिषदका प्रमुख निर्णयहरु
यस्ता छन् मन्त्रीपरिषदका प्रमुख निर्णयहरु
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
जनतामा स्वच्छ खानेपानी पु¥याउन विकास तथा प्रविधि समितिको निर्देश !
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !