एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
सारांश
- काठमाडौं ।
- मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
- उक्त खेल नेपाली समयअनुसार बिहान ७ः४५ मा सुरु हुनेछ।
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ७ः४५ मा सुरु हुनेछ।
पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो। यस्तै सोमबार भएको खेलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो ।
उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया