ड्याट्सन रेडी गो, क्विड र इयोन कार कम्पनीद्वारा फिर्ता गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १, २०७३
|
|
१७३ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी – भारतीय बजारमा प्रतिष्ठित तीन कम्पनीले आफ्ना इन्ट्री लेभलका केही कारलाई परीक्षणका लागि कम्पनीमा फिर्ता बोलाएका अर्थात रिकल गरेका छन् ।
  • ड्याटसनको रेडी गो, रेनल्टको क्विड र हुन्डाईको इयोनका केही कार यसरी रिकल गरिएका हुन् ।
  • जापनिज कम्पनी निसानले आफ्नो भारतमा निर्मित ९ सय ३२ ड्याटसन रेडी गो कार फिर्ता लिने घोषणा गरेको छ ।

एजेन्सी – भारतीय बजारमा प्रतिष्ठित तीन कम्पनीले आफ्ना इन्ट्री लेभलका केही कारलाई परीक्षणका लागि कम्पनीमा फिर्ता बोलाएका अर्थात रिकल गरेका छन् । ड्याटसनको रेडी गो, रेनल्टको क्विड र हुन्डाईको इयोनका केही कार यसरी रिकल गरिएका हुन् ।

जापनिज कम्पनी निसानले आफ्नो भारतमा निर्मित ९ सय ३२ ड्याटसन रेडी गो कार फिर्ता लिने घोषणा गरेको छ । कम्पनीले यी कारमा भएका खराब इन्धन सिस्टमलाई ठीक गर्नका लागि यसरी फिर्ता लिने कुरा जनाएको छ ।

यी कारमा भएको फ्युल होज जाँच गरेर त्यसमा क्लिप लगाइने छ । ड्याटसनका गत मई १८ सम्म निर्माण गरिएका यी रेडी गो कार फिर्ता लिइने बताइएको छ ।

फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले पनि करिब ५० हजार क्विड कार फिर्ता लिने बताएको छ । यी कारको इन्धन प्रणालीमा सुधार गरिने छ । यी कारमा पनि होज क्लिप लगाइने छ । सन् २०१५ को अक्टोबर देखि यही मई १८ सम्म निर्मित ८ सय सिसीका यी क्विड कारको जाँच गरेर आवश्यक सुधार गरिने रेनल्ट इन्डियाले जानकारी दिएको छ ।

हुन्डाईले आफ्नो ७ हजार ६ सय ५७ इयोन कारलाई बजारबाट फिर्ता बोलाएको छ । यी कारमा भएका क्लच र ब्याट्री केबुलमा भएको गडबडीका कारण यी कार फिर्ता बोलाइएको बताएको छ । सन् २०१५ को जनवरीमा निर्मित यी कार फिर्ता बजारबाट फिर्ता लिने बताइएको छ ।

यी सबै कार्य कम्पनीहरुले निःशुल्क गरिदिने छन् ।

किन गरिन्छ रिकल ?
बजारबाट यसरी गाडी फिर्ता लिने कार्य नौलो होइन । पहिले पनि धेरै कम्पनीहरुले यसरी आफ्ना गाडी फिर्ता लिएर फेरि ग्राहकलाई उपलब्ध गराएका धेरै घटना छन् । यसलाई सामान्य प्रक्रिया मानिन्छ र यसले कम्पनीको विश्वसनियतामा अझै वृद्धि गराउछ । कुनै कमी भएमा त्यसलाई सच्याएको रुपमा यसलाई लिइन्छ । सम्भावित दुर्घटना र त्यसबाट हुन जाने जनधनको क्षतिलाई रोक्नका लागि यस्तो उपाय अबलम्वन गरिन्छ । यस प्रकारको निर्णय कम्पनीहरुले सार्वजनिक सूचना नै निकालेर सार्वजनिक गर्छन् । सामान्य त्रुटिको पहिचान हुनासाथ निर्माता कम्पनीले तत्कालै आफ्ना सवारीसाधन रिकल गर्ने परम्परा नै हो । त्यस अनुसार सामान्य समस्या देखिएको पार्टपुर्जा फेर्नेदेखि गाडी नै साटिदिने वा पैसा फर्काउनेसम्म पनि हुन्छ ।

भारतीय दैनिक पत्रिका द इकोनोमिक टाइम्सका अनुसार सन् २०१२ यता भारतमा मात्र साढे आठ लाख गाडी रिकलमा परिसकेका छन् । गत वैशाख–जेठ महिनामा मात्र भारतीय कार उत्पादकहरूले विभिन्न कारण देखाउँदै डेढ लाख सवारीसाधन बजारबाट फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।

सन् २०१६ भित्र मात्रै होन्डाका ५७ हजार ६ सय ७६, मारुती सुजुकीका ९७ हजार ७ सय ४६, फोर्डका ८८ हजार ७ सय र भक्सवागनका ३ हजार ८ सय ७७ कार तथा जिप रिकलमा परेका छन् । आफ्ना उत्पादनमा समस्या देखिए युरोप र अमेरिकामा पनि लामो समयदेखि रिकलको अभ्यास छ ।

एउटै सेगमेन्टका प्रतिस्पर्धि कार
ड्याटसन रेडी गो, रेनल्ट क्विड र हुन्डाई इयोन एउटै सेगमेन्ट अर्थात इन्ट्री लेभलका प्रतिस्पर्धि कार हुन् । नेपालमा पनि यी तीन कारका बीचमा प्रतिस्पर्धा छ । हुन्डाईको इयोन पहिले देखि नै नेपाली बजारमा उपलब्ध छ भने रेडी गो र क्विड नेपालमा भित्रिएको केही महिना मात्र भएको छ ।

नेपालमा कुनै समस्या छैन
नेपालमा जुलाईमा निर्मित रेडी गो कार भित्रिएकाले कुनै समस्या नभएको ड्याटसनको नेपालका लागि आधिकारिक बितरक पायोनियर मोटोकर्पका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्दले बताए । हुन्डाईले पनि जनवरीमा भारतीय बजारकै लागि मात्र निर्मित केही कारमा मात्र त्यो समस्या देखिएको र नेपाली बजारमा ती कार उपलब्ध नभएकाले कुनै समस्या नहुने बताएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका एजीएम–सर्भिस दीपक थपलियाले यो खासै ठूलो समस्या नभए पनि परीक्षणका लागि मात्र भारतीय बजारमा उपलब्ध त्यो समयमा निर्मित गाडी परीक्षणका लागि बोलाइएको बताए । रेनल्टको नेपालका लागि आधिकारिक बितरक एड्भान्स्ड अटोमोबाइल्सले पनि आफूहरुलाई यस वारेमा आधिकारिक जानकारी नआएको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
बिओपी राख्न पाँच कट्ठा जग्गा दान
बिओपी राख्न पाँच कट्ठा जग्गा दान
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल
सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी

तपाईंले छुटाउनुभयो कि?