कामपाका प्रमुख साह शिक्षण विधि निरीक्षण गर्न सामुदायिक विद्यालयमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
कामपाका प्रमुख साह शिक्षण विधि निरीक्षण गर्न सामुदायिक विद्यालयमा

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन् ।
  • सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन् ।

सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । सोही अवसरमा उनी शुक्रवार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगे । उनले गत हप्ता दरबार हाइ स्कुलको अवलोकन गरेका थिए ।

साहले प्रमुखमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । साहले पछिल्लो समय हरेक शुक्रवार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गरेका छन् ।

अवलोकनका विषयमा प्रमुख साह भने, ‘हिजो शुक्रवार बिहान काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो, शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीसँगै बसेर सिक्न मौका पाएँ, साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिताका बारेमा बुझ्न पाएँ, निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावका बारेमा बुझ्ने मौका पाएँ, विद्यालयको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा जानकारी लिएको छु ।’

शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी दुई कक्षा सञ्चालनमा छन् । डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केचिङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।

‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थी पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशाला जस्ता विधा र क्षेत्रमा सहभागी छन् ।

कामपाले गत वैशाख १२ गतेदेखि बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यो कार्यक्रम कामपामा रहेका सबै सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ ।

कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसै गरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निगमले सुरु गर्यो मेघौली र सुकेटारमा  उडान
निगमले सुरु गर्यो मेघौली र सुकेटारमा उडान
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
आजबाट नेपाल एक साता लकडाउन
आजबाट नेपाल एक साता लकडाउन
टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित
टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित
आँखालाई कसरी स्वस्थ्य राख्ने
आँखालाई कसरी स्वस्थ्य राख्ने

तपाईंले छुटाउनुभयो कि?