सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति

सारांश

  • काठमाडौं २० पुस ।
  • सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ गर्न पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य जाँचबुझ समिति गठन गरेको छ ।
  • वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन पेस गरेपछि सरकारले पनि आफ्ना तर्फबाट छानबिन समिति बनाएको हो ।

काठमाडौं २० पुस । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ गर्न पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य जाँचबुझ समिति गठन गरेको छ ।

वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन पेस गरेपछि सरकारले पनि आफ्ना तर्फबाट छानबिन समिति बनाएको हो ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले पराजुली अध्यक्ष, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदान शर्मा सदस्य रहने गरी समिति बनाएको हो । ‘जाँचबुझ ऐनअनुसार नेपाल एयरलाइन्सको दुइटा वाइडबडी एयरबस ३३०/२०० का सम्बन्धमा उठेका महत्त्वपूर्ण सार्वजनिक सवालमा नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी जाँचबुझ समिति बनाइएको हो,’ सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने ।

संसदीय उपसमितिले ४ अर्ब ३५ करोड घोटाला भएको ठहर गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीहरू जितेन्द्र देव र जीवनबहादुर शाही, सचिवहरू प्रेम राई, कृष्णप्रसाद देवकोटालगायतलाई दोषी ठहर्‍याएको थियो । यो सम्बन्धमा सार्वजनिक लेखा समितिको पूर्ण बैठकमा प्रतिवेदनमाथि केन्द्रित रहेर छलफल हुन बाँकी छ ।

प्रधानमन्त्री केपी ओलीले बुधबार वाइडबडीबारे सरकारले आफ्नो तर्फबाट छानबिन गर्ने बताएका थिए । त्यसलगत्तै बिहीबारको बैठकबाट जाँचबुझ समिति बनेको हो । ओलीले यो विषयमा अख्तियार र संसदको पूर्ण सदनलाई समेत छानबिन गर्न अपिल गरेका छन् ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुधबार ओलीले अनियमितता र भ्रष्टाचार गरेको पाइए दोषीलाई कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उनले संसदीय उपसमितिले प्रतिवेदन परिपक्व नभई सूचना चुहाएको विषयमा भने असन्तुष्टि प्रकट गरे । संसदको पूर्ण समितिले यो विषयलाई निष्कर्षमा पुर्‍याउनुपर्ने प्रधानमन्त्रीको जोड थियो । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपा लिगःआर्सनल र चेल्सी समूह विजेता हुदै नकआउट चरणमा प्रवेश
युरोपा लिगःआर्सनल र चेल्सी समूह विजेता हुदै नकआउट चरणमा प्रवेश
नेपालीलाई ल्याउन शनिबार चीन जादै निगमको वाइडबडी
नेपालीलाई ल्याउन शनिबार चीन जादै निगमको वाइडबडी
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि
आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
मन्त्रीपरिषद् बैठकले गरेका १६ निर्णयहरु के–के हुन् ?(पूर्णपाठसहित)
मन्त्रीपरिषद् बैठकले गरेका १६ निर्णयहरु के–के हुन् ?(पूर्णपाठसहित)
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल

तपाईंले छुटाउनुभयो कि?