“प्रिसेन्सरसीप” पत्रकार महासंघलाई अमान्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
“प्रिसेन्सरसीप” पत्रकार महासंघलाई अमान्य

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • नेपाल पत्रकार महासंघले “प्रिसेन्सरसीप” आफूलाई मान्य नहुने बताएको छ ।
  • महासचिव रमेश विष्टद्वारा बुधवार जारी विज्ञप्तिमा महासंघले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

काठमाडौं, १६ फागुन । नेपाल पत्रकार महासंघले “प्रिसेन्सरसीप” आफूलाई मान्य नहुने बताएको छ । महासचिव रमेश विष्टद्वारा बुधवार जारी विज्ञप्तिमा महासंघले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

नेपाल पत्रकार महासंघ लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको बताउँदै विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीले अदालतको अवहेलना हुन सक्दैन भन्ने महासंघको प्रष्ट धारणा रहेको उल्लेख छ ।

“सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो”, महासंघको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ ।”

“सम्मानित सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश नेपालको संविधानको मूल मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत भएकाले यसलाई सच्याउन महासंघ आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन/प्रसारण गर्नुपूर्व लगाइने बन्देज “प्रिसेन्सरसीप” महासंघलाई मान्य हुन सक्दैन ।”

“यस्तो बन्देजका विरुद्ध महासंघ सधै दृढताका साथ उभिने छ”, विज्ञप्तिमा भनिएको छ, “महासंघ पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र सञ्चारमाध्यमको आचारसंहिता पालनाप्रति सबै सञ्चारमाध्यमको सजगता र प्रतिवद्धताप्रति विश्वस्त रहेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?