वर्षाका कारण कहाँ कस्तो प्रभाव ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?

सारांश

  • लहान।
  • लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन्।
  • विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन्।

लहान। लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन्। विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन्। पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन

जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन्। यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ। अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ।

कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ। पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, “अहिलेसम्म बाढी पानीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखेका छौँ।”

बाढीले पुर्याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ। खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पु¥याउने गरेको छ। सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ।

जलमग्न जनकपुर

जनकपुरधाम– अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ। वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ।

राष्ट्रिय समाचार समिति कार्यालयमा पानी पस्दा कागजातहरू क्षति पु¥याएको छ भने समाचार सम्प्रेषणमा समेत समस्या उत्पन्न भएको छ। अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ।

बुद्धमय बन्दै भैरहवा
गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्धारको रुपमा रहेको भैरहवाका मुख्य सडकहरुमा बुद्धको प्रतिमा राख्न थालेपछि सो स्थान बुद्धमय बनिरहेको छ । लुम्बिनीसँग सबैभन्दा नजिक रहेता पनि भैरहवामा बुद्धसँग सम्बन्ध झल्काउने खासै केही पनि थिएनन् । त्यसैले पनि भैरहवादेखि नै उक्त स्थान बुद्ध जन्मस्थल हो भन्ने आभाष दिलाउन सिद्धार्थ नगरपालिकाले नगर क्षेत्र भित्र बुद्ध मूर्ति राख्ने अभियान सुरु गरेको हो ।

पहिलो चरणमा भैरहवा क्षेत्रको बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दुरीमा बुद्ध मूर्ति राखिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार यस बाहेक लुम्बिनी सडकखण्डमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म मूर्तिहरु राखिने छ ।

बुद्धको प्रतिमा राख्न पहिलो चरणको लागि नगरपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको थिया े। बुद्ध मूर्ति राख्नु नगरपालिकाले मात्र नभई भैरहवामा क्रियाशिल सबै संघ संस्थाको दायित्व भएकोले अभियानमा सहयोग गर्न प्रमुख अधिकारीले अपिल गरे । पितलको धातुमा सुनको लेपन लगाएर मूर्ति बनाइएको छ ।

बुद्ध मूर्तिसँगै भैरहवाकै बैंकरोड बुद्धत्व झल्किने गरि सबै घर एकै प्रकारको रङ्गले रंगाउने भएको छ । पहिलो चरणमा बैंकरोडबाट सुरु गरी विस्तारै नगरको अन्य क्षेत्र हुदै सबै घर एउटै रंगको गराउने नगरपालिकाको योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?