भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

सारांश

  • काठमाडौं ।
  • जापान सरकारको ऋण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ ।
  • सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।

काठमाडौं । जापान सरकारको ऋण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ ।

सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत दुई ७४ विद्यालयमा सात सय ६० भवन, दुई हजार २०३ कोठा, एक सय १६ प्रयोगशाला, एक सय ८४ पुस्तकालय र एक सय ३३ कम्प्युटर कक्ष निर्माण भएको छ ।

यसैगरी दुई सय १४ वटा बालविकास कक्ष, १७ वटा बहुउपयोगी हल, ९२ वटा प्रशासनिक कोठा, ५५ वटा भान्सा कोठा, ६५ वटा भण्डारण कक्ष, ६९२ वटा छात्र तथा आठ ३१ वटा छात्रा शौचालय निर्माण भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?