उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन

सारांश

  • नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने भएको छ।
  • नेकपा एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि वर्तमान उपराष्ट्रपति पुनलाई नै भावी उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
  • माओवादी नेता जनार्दन शर्माले प्रधानमन्त्रीसँगको समझदारीका आधारमा उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्‍याउने निर्णय गरेको बताए।

नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने भएको छ। नेकपा एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि वर्तमान उपराष्ट्रपति पुनलाई नै भावी उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

माओवादी नेता जनार्दन शर्माले प्रधानमन्त्रीसँगको समझदारीका आधारमा उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्‍याउने निर्णय गरेको बताए। ‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीका आधारमा हामीले पनि उपराष्ट्रपति दोहोर्‍याउने निर्णय लिएका छौं’, उनले भने।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार मध्यरातिसम्म बसेको स्थायी कमिटि बैठकबाट भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कुमारी लक्ष्मी लामालाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया फागुन २३ (आज) बाट सुरु भएर २९ गते टुंगिदैछ। आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ। २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ।

यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
खुकुरी प्रहारबाट,ताप्लेजुङमा  २ जना  गम्भीर घाइते
खुकुरी प्रहारबाट,ताप्लेजुङमा २ जना गम्भीर घाइते
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड
कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
वर्षा लागेसँगै तराई डुबानमा, पहाडमा पहिरोको जोखिम
वर्षा लागेसँगै तराई डुबानमा, पहाडमा पहिरोको जोखिम
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
‘हामी दिल्ली-चाइना कार्ड खेल्दैनौं’एमाले सचिव भट्टराई…….
‘हामी दिल्ली-चाइना कार्ड खेल्दैनौं’एमाले सचिव भट्टराई…….
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
विप्लवले निकाले यस्तो निश्कर्ष
विप्लवले निकाले यस्तो निश्कर्ष

तपाईंले छुटाउनुभयो कि?