विप्लवले निकाले यस्तो निश्कर्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
विप्लवले निकाले यस्तो निश्कर्ष

सारांश

  • काठमाडौं ।
  •  हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् ।
  • उनी पहिले आबद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी नै ४५ सय जनाको छ ।

काठमाडौं । हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् । उनी पहिले आबद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी नै ४५ सय जनाको छ । तर, विप्लवतिर भने तीनवटा तह स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटि गरी जम्मा ६१ सदस्य छन् ।

जनआस्था साप्ताहिकमा खबर छ– त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने, ‘हामीले अवैधानिक बाटोबाट राष्ट्रवादी धारको एजेण्डा अगाडि बढायौं । त्यही काम एमालेले वैधानिक ढंगले ग¥यो । हामीबीच राष्ट्रवादको एजेण्डामा अघोषित मोर्चाबन्दिजस्तो देखियो । जसको फाइदा एमालेलाई भयो ।’

उनीहरुले संसदीय धारको प्रतिनिधिका रुपमा एमाले र गैरसंसदीय लाइनको मूल वाहक आफू भएको निश्कर्ष निकालेका थिए । हुन पनि फिल्डमा केसम्म देखियो भने चुनावी अभियानताका विप्लवका कार्यकर्ता कालिकोटलगायत जिल्लातिर पक्राउ खाँदा एमालेनिकट वकिल, पत्रकार र मानवअधिकारकर्मीले उनीहरुलाई रिहा गराउन भूमिका खेले ।

प्रचण्डको पार्टी अर्को निर्वाचनसम्म झनै ओरालो लाग्ने अनुमान पनि सो बैसठकले गरेको सहभागी स्रोतले बतायो । उनीहरुको तर्क के थियो भने एमाले जस्तै पाटीृ बनाउने हो भने त एमाले नै छँदै छ नि, एउटा म्यानमा दुईवटा तरबार किन चाहियो ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
भारतले सगरमाथाको उचाई फेरि नाप्ने
भारतले सगरमाथाको उचाई फेरि नाप्ने
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु
दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल