प्रेमबहादुर राईको रिहाईको लागि परराष्ट्र मन्त्रालयमा चेक हस्तान्तरण !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रेमबहादुर राईको रिहाईको लागि परराष्ट्र मन्त्रालयमा चेक हस्तान्तरण !

सारांश

  • रविन शर्मा, काठमाडाै, २१  जेठ ।
  • साउदी अरबकाे जेलमा रहेका प्रेम बहादुर रार्इलाइ रिहाइकाे लागी चेक हस्तान्तरण गरीएकाे छ।
  • दानावारी, माइनगरपालिका –४, ईलामका प्रेमबहादुर राईलाई साउदी अरबको रियादस्थित मलास जेलबाट रिहाईको लागि विगो वापत साउदीको अदालतमा भुक्तान गर्नुपर्ने रकम प्रेमबचाउ अभियान मूलसमिति, काठमाडौंको संयोजक चन्द्रसिंह कुलुङको नेतृत्वमा गएको समितिका सदस्यहरुले परराष्ट्रमन्त्रालयका सह–सचिव दुर्गाप्रसाद भण्डारीलाइ चेक हस्तान्तरण गरेका छन ।

रविन शर्मा, काठमाडाै, २१  जेठ । साउदी अरबकाे जेलमा रहेका प्रेम बहादुर रार्इलाइ रिहाइकाे लागी चेक हस्तान्तरण गरीएकाे छ।

दानावारी, माइनगरपालिका –४, ईलामका प्रेमबहादुर राईलाई साउदी अरबको रियादस्थित मलास जेलबाट रिहाईको लागि विगो वापत साउदीको अदालतमा भुक्तान गर्नुपर्ने रकम प्रेमबचाउ अभियान मूलसमिति, काठमाडौंको संयोजक चन्द्रसिंह कुलुङको नेतृत्वमा गएको समितिका सदस्यहरुले परराष्ट्रमन्त्रालयका सह–सचिव दुर्गाप्रसाद भण्डारीलाइ चेक हस्तान्तरण गरेका छन ।

रियादस्थित अदालतले प्रेमको रिहाईको लागि साउदी रियाद ३ लाख १० हजार अर्थात  नेपाली रुपैया करिब ९५ लाख तोकेको थियो ।

तर रियादस्थित नेपाली राजदूतावासको समन्वय र प्रेमको रिहाईका लागि रियादस्थित सहयोगीहरुको सक्रियतामा उक्त विगो रकम साउदी रियाल १ लाख ५० हजार  कम गर्न सफल भएका थिए । उक्त कुरा मूल समितिला्य पनि केही दिन अघि मात्र जानकारी भएको थियो । नेपाली रु २८.६९ का दरले हुन आउने रु ४३ लाख ३ हजार ५ सय को चेक  राइ बचाउ अभियानले परराष्टमन्त्रालयलाइ हस्तान्तरण गरेकाे बताएकाे छ ।

प्रेमबहादुर राईलाई स्वदेश फकाई, निजको घर ईलाममा सुरक्षित पु¥याई सकेपछि प्रतिबद्धता गरे अनुसार बाँकी रकम प्रेमबहादुर जस्तै वैदेशिक रोजगारमा गई आपत विपतमा परेकालाई सहयोग गर्नमा प्रयोग गर्ने निर्णय मूलसमितिको कार्यविधिमा नै स्पष्ट गरिसकिएको समेत जानकारी गराएकाे छ।

प्रेमलाई नेपाल फकार्उन र निजको घर ईलामसम्म सुरक्षित पु¥याउने कार्य कम्तिमा एक या दुई महिना लाग्न सक्ने पनि अभियान्ताहरूले बताएका छन।

चेक हस्तान्तरण कार्यक्रममा उपस्थित मूलसमितिका सदस्यहरुको नामावली यस प्रकार छ ।
१. संयोजक, चन्द्रसिंह कुलुङ
२. सह–संयोजक, किशोर सुनुवार,
३. प्रमुख अर्थ विभाग, अनिता ताम्बुछा
४.सामाजिक सञ्जाल संचालनविज्ञ, टंकराज होङेलु
५. खाता संचालक तथा कुलुङ संघका केन्द्रीय महासचिव, ईन्द्र कुलुङ
६. मूलसमिति सदस्य, संकल्प किराती
७. मूलसमिति सदस्य, सुर्य कुलुङ
८. मूलसमिति सदस्य, गौतम कुलुङ
९.मूलसमिति सदस्य, प्रमिसा मेवाहाङ कुलुङ
मिडियाकर्मीहरुः
१. कृष्ण कँडेल, संयोजक, ईन्द्रेणाी कार्यक्रम र वहाँका समूह
२. दीपक चाम्लीङ, कार्यक्रम संयोजक तथा प्रो दिया मेडिया प्रा लि

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    अभिनाश नेगि

    Lu yo chai good

    Comment Author

    Nabin Bc

    Good News

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?