डोल्पामा केन्द्र विवाद- एउटै नगरको दुई कार्यालय

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
डोल्पामा केन्द्र विवाद- एउटै नगरको दुई कार्यालय

सारांश

  • दुनै, डोल्पा, २३,डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादका कारण एउटै नगरका दुईवटा कार्यालय रहने भएको छ ।
  • यही फागुन १६ गते दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएसँगै त्यहाँ कार्यालय स्थापना भइसकेको र सर्वसाधारणले जुफालबाटै सेवा लिइरहेको वडा नं ९ अध्यक्ष विमल भण्डारीले बताउनुभयो ।
  • यता उक्त नगरपालिकाका उपप्रम्ुाुख योगेन्द्रबहादुर शाहीले मंगलबार बेलुकी दुनैमा गर्नु भएको जनप्रतिनिधिसहितको पत्रकार सम्मेलनमा नगरको केन्द्र दुनै नै रहेकाले जनतालाई सेवा लिन अन्योलमा नपर्न आग्रह गर्नुभएको छ ।

दुनै, डोल्पा, २३,डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादका कारण एउटै नगरका दुईवटा कार्यालय रहने भएको छ ।

यही फागुन १६ गते दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएसँगै त्यहाँ कार्यालय स्थापना भइसकेको र सर्वसाधारणले जुफालबाटै सेवा लिइरहेको वडा नं ९ अध्यक्ष विमल भण्डारीले बताउनुभयो ।

यता उक्त नगरपालिकाका उपप्रम्ुाुख योगेन्द्रबहादुर शाहीले मंगलबार बेलुकी दुनैमा गर्नु भएको जनप्रतिनिधिसहितको पत्रकार सम्मेलनमा नगरको केन्द्र दुनै नै रहेकाले जनतालाई सेवा लिन अन्योलमा नपर्न आग्रह गर्नुभएको छ ।

नगरप्रमुख गणेशबहादुर शाहीले असार ३१ मा गरेको निर्णय जालसाजी र किर्ते भएकाले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकाले मंगलबार कुल ५२ सदस्यमध्ये २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारी गराउँदै आजैका मितिबाट ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने नगरसभाले निर्णय गरेको उपप्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

केन्द्र सारेको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण बन्द भएको दुनै बजार आज बिहानदेखि खुलेको छ ।

(vallartainfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन
सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती
काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
Rəsmi Pin Up Casino Azerbaycan Bukmeker kontor
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?