काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४३ पटक हेरिएको
Shares
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना

सारांश

  • काठमाडौं, २ पुस ।
  • काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
  • बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं, २ पुस । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण आज र भोलि देशको सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा महाशाखाले जनाएको हो ।

उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको छ । चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपराह्नतिर ल्याण्डफल हुने महाशाखले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम २ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।

न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।

(https://www.collegehippo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस
गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस
३ दिनमा काठमाडौँ उपत्यकामा कोरोनो संक्रमितको संख्या २५ प्रतिशतले बृद्धि
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
को ‘सम्माननीय’, को  ‘माननीय’
को ‘सम्माननीय’, को ‘माननीय’
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रहरीको पक्राउ सूचिमा मेयरदेखि मन्त्रीसम्म
प्रहरीको पक्राउ सूचिमा मेयरदेखि मन्त्रीसम्म
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण : कति सही कति गलत ?
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण : कति सही कति गलत ?