भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

सारांश

  • नयाँ दिल्ली, भारत ।
  • गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ।
  •   उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए ।
नयाँ दिल्ली, भारत । गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ। 
उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका छन्। 
उनलाई सोमवार बिहान ११ बजे केन्द्रीय क्याबिनेटले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ।
यसअघि मुख्यमन्त्री कार्यालयले ट्विट गर्दै पर्रिकरको अवस्था धेरै नाजुक भएको जनाएको थियो । 
१३ डिसेम्बर १९५५ मा गोवाको मापुसामा जन्मेका पर्रिकर सन् २०००-०२, २००२-०५, २०१२-०१४ र २०१७ देखि २०१९ मार्चसम्म चार पटक मुख्यमन्त्री भइसकेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?