स्कटल्यान्डलाई नेपालले दियो १ सय ५० रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
स्कटल्यान्डलाई नेपालले दियो १ सय ५० रनको लक्ष्य

सारांश

  • काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’को खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ५० रनको सामान्य लक्ष्य दिएको छ।
  • जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.
  • ४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो।

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’को खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ५० रनको सामान्य लक्ष्य दिएको छ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो।

खेलमा नेपालका लागि कप्तान पारसले सबैभन्दा बढी ६३ रन जोडे। २६ ओभरमा अर्धशतक पूरा गरेका उनले ७५ बलमा ९ चौका प्रहार गरे। खराब सुरुवात गरेको नेपालको इनिङलाई गति दिएका पारस सातौं विकेटको रुपमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो।

पारसले ‘लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गरे। उनी ‘लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले  ‘लिस्ट ए’ का ३० खेल खेल्दा २ शतक र ७ अर्धशतक प्रहार गरेका छन्।

स्कटल्यान्ड विरुद्ध बसन्त रेग्मीले नेपालका लागि पारसपछि बढी रन जोडे। उनले नटआउट २४ रन जोडे। उनले ५१ बलमा १ चौका प्रहार गरे।

पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाएपछि नेपाल सुरुवातमै दबाबमा परेको थियो। ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका थिए। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। नाथलाई विटिङ्घमले एलबिडब्लुको धरापमा पारे। यस्तै, दीपेन्द्रसि‌ंह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै अर्को बलमा शरद भेषावकर शून्य रनमा विटिङ्घमबाट बोल्ड गर्दा नेपालको स्थिति नाजुक बनेको थियो।

यसैगरी,‍ आठौं ओभरको अन्तिम बलमा आरिफ शेख पभेलियन फर्के। २ रन मात्र जोडेका आरिफ वेरिङ्टनको बलमा क्याच आउट भए। आरिफआउट हुँदा नेपालको स्कोर ३९ रन मात्र थियो भने ५ महत्वपूर्ण विकेट गइसकेको थियो। त्यसपछि मैदान प्रवेश गरेका सोमपाल कामीले १८ रनको योगदान गरे। रनआउट आउट हुनुअघि उनले पारससँग ४२ रनको साझेदारी गरेका थिए। उनले ५४ बल खेलेर २ चौका प्रहार गरे। त्यसपछि रोहितकुमार पौडेल १५ रनमा आठौं विकेटको रुपमा आउट हुँदा नेपाल सामान्य योगफलको बाटोमा पुगेको थियो।  सन्दीप लामिछानेले ६ रन भन्दा बढी जोड्न सकेनन्।

बलिङतर्फ स्कटल्यान्डका स्टुवार्ड विटिङ्घमले ३ विकेट लिए भने साफयान शरिफले २ विकेट हात पारेका छन्। विटिङ्घमले नेपालका सुरुवाती ३ विकेट लिएका थिए।

प्रतियोगितामा नेपालले दोस्रो खेल खेलिरहेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डका लागि भने यो तेस्रो खेल हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचार नपाउँदा खोरमै बन्धक
उपचार नपाउँदा खोरमै बन्धक
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
इलाम बन्यो कोरोना शून्य जिल्ला

तपाईंले छुटाउनुभयो कि?