साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
सारांश
- २७ वैशाख- कामको सिलसिलामा सप्तरीबाट साउदी अरेबिया गएका एक युवकको बेलुका सुतेका बिहान उठेनन् ।
- उनको मंगलबार राति मृत्यु भएको छ ।
- सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उदृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिएका छन् ।
२७ वैशाख- कामको सिलसिलामा सप्तरीबाट साउदी अरेबिया गएका एक युवकको बेलुका सुतेका बिहान उठेनन् । उनको मंगलबार राति मृत्यु भएको छ ।
सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उदृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिएका छन् । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए ।
सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाजु उमेश साहले बताउनुभयो ।
साउदीबाट मृतक साहको शव ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारले आग्रह गरेका छन् ।
प्रतिक्रिया