सभामुख महराले लिए पद तथा गोपनीयताको शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
३० पटक हेरिएको
Shares
सभामुख महराले लिए पद तथा गोपनीयताको शपथ

सारांश

  • काठमाडौँ, २७ फागुन ।
  • सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

काठमाडौँ, २७ फागुन । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । सभामुख महरा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा महरा दौरा सुरुवाल लगाएर पुगेका थिए । यसअघि पटकपटक मन्त्री र उपप्रधानमन्त्री हुँदा समेत उनले दौरा/सुरुवाल लगाएका थिएनन् । सभामुख भइसकेपछि भने उनले दौरा सुरवाल लगाएका हुन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Raj Dhakal

    Doura suruwal lagako ma badhai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?