कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बन्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बन्यो

सारांश

  • एजेन्सी, ६ फागुन ।
  • कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बनेको छ ।
  • पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन् ।

एजेन्सी, ६ फागुन । कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन् । यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ । त्यसअघि मुसामा यसको परीक्षण हुनेछ । सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्याक्सिन परीक्षणका लागि आफूहरु निकै अगाडि बढिसकेको खुलासा गरेका छन् । सामान्यता कुनैपनि भ्याक्सिन पूरा विकास गर्न सात देखि आठ वर्ष लाग्ने गरेकोमा छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन् ।

तयार गरिएको भ्याक्सिन यसै महिनाभित्र मुसामा परीक्षण गरिनेछ । मानवमाथि छ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ । सन् २०२२ मा भ्याक्सिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ ।

छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्याक्सिनमध्ये सबैभन्दा छिटो हुनेछ । सेरमका वैज्ञानिकहरु भ्यासिन तयार गरेर निकै उत्साही भएको जनाइएको छ ।

पुनेस्थित सेरम इन्टिच्युट भारतको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन कम्पनि हो । यसले यूरोपमा समेत आफ्नो उत्पादन गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ९ सय ४५
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
अधुरो रह्यो अमिताभ–रेखाको प्रेम कहानी
अधुरो रह्यो अमिताभ–रेखाको प्रेम कहानी