सरकारले ‘सिन्कोसम्म नभाँचेको’ राणाको आरोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाएका छन् ।
  • रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कार्यक्रममा २०४७ सालपछि केपीशर्मा ओली नेतृत्वमा बनेको शक्तिशाली सरकारले देशको विकास र समृद्धिका लागि ठोस काम गर्न नसकेको आरोप लगाए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कार्यक्रममा २०४७ सालपछि केपीशर्मा ओली नेतृत्वमा बनेको शक्तिशाली सरकारले देशको विकास र समृद्धिका लागि ठोस काम गर्न नसकेको आरोप लगाए ।

नेता राणाले मुलुकमा नेताहरु विलासितापनतर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गर्दै देश र जनताको समुन्नतिका लागि काम गर्ने नेतालाई करोडौँका गाडी तथा ठूल्ठूला महल किन चाहियो भन्ने प्रश्न उठाए ।

नेपाली काङ्ग्रेसको महासमिति बैठकमा हिन्दूराज्यको बारेमा बहस हुनु सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै तत्कालिन राजा महेन्द्र शाह र विपी कोइराला २००७ सालपछि नेपाली धर्तीमा जन्मिएका दुई महान व्यक्ति भएको बताए । उनीहरु दुरदर्शीसमेत भएको चर्चा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?