सर्वोच्चमा बढ्यो भाँडभैलो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सर्वोच्चमा बढ्यो भाँडभैलो

सारांश

  • काठमाडौं, १ चैत – प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ।
  • न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् ।
  • जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् ।

काठमाडौं, १ चैत – प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् ।

जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् । ‘पेसी तोक्न सर्वोच्च प्रशासनका ‘स्टाफ’बाट मकहाँ सूची आइपुगेको छ’, जोशीले भने, ‘अदालतमा गएर पेसी तोक्ने काम हुन्छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रधानन्यायाधीश पराजुलीले भने आफ्नाविरुद्ध सुनियोजित षड्यन्त्रको डिजाइन रचिएको भन्दै पदबाट कुनै हालतमा नहट्ने अडान राखेका छन् । उनले नियमित झैं सर्वोच्चमा जाने पनि बताए । ‘म किन हट्ने ? हट्ने कुरै छैन । म सर्वोच्च जान्छु । पेसी अरूले तोक्ने भन्ने कुरा कसरी आयो ? ’ पराजुलीले भने, ‘सचिवको षड्यन्त्रपूर्वक लेखिएको पत्रका कारण पनि बिदामा बस्ने कुरा रहेन । म डटेर अन्तिमसम्मै सर्वोच्चमा रहन्छु ।’

बुधबार पनि सर्वोच्च अदालतका आठ न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेका छन् । न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । इजलासमा बस्न अस्वीकार गर्ने केही न्यायाधीशले बिदाका लागि प्रधानन्यायाधीश पराजुलीसमक्ष निवेदनसमेत दिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    We need start from ground zero smashing a while the judiciary system . We are made Bebakub .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
कास्की २ मा बढ्यो चुनावी गतिविधि
कास्की २ मा बढ्यो चुनावी गतिविधि
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने
पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने
पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कार घोषणा
पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कार घोषणा
सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !

तपाईंले छुटाउनुभयो कि?