पूर्वका दुई उपमहानगरपालिकामा कांग्रेसलाई उछिन्दै एमालेले लियो अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
९९ पटक हेरिएको
Shares
पूर्वका दुई उपमहानगरपालिकामा कांग्रेसलाई उछिन्दै एमालेले लियो अग्रता

सारांश

  • इटहरी, १८ असार ।
  • सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ ।
  • इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिनुभएको छ ।

इटहरी, १८ असार । सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ ।

इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिनुभएको छ । नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ८०४ र उपप्रमुखमा बिमला ढकालले पाँच हजार २७२ मत ल्याउनुभएको छ ।

यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा सुब्बाले तीन हजार ७७३ ,उपप्रमुखमा एमालेकै मञ्जु भण्डारीले चार हजार ४१२ मत ल्याई अग्रता लिनुभएको छ भने त्यहाँ नेकाका प्रमुख तिलक राईले तीन हजार २८४ र उपप्रमुखमा काँग्रेसकै श्यामा रेग्मीले चार हजार १०८ मत प्राप्त गर्नुभएको छ । त्यहाँ वडा नं १, २ र ५ मा नेकाले विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वडा नं ३ र ४ मा सेटै विजय प्राप्त गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा नेकाका राजन मेहेताले तीन हजार ३८५ र उपप्रमुखमा काँग्रेसकै जमुना पोख्रेल गौतमले तीन हजार १२१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पोष्टकुमार नेपालले दुई हजार २३४ र उपप्रमुखमा कविताकुमारी यादवले दुई हजार ४० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, बराह नगरपालिकामा नेकपा एमालेका निलख खनालले चार हजार ४००, उपप्रमुखमा कमला मगरले चार हजार २८८ मत ल्याई त्यहाँ पनि एमालेको अग्रता प्राप्त भएको छ भने त्यहाँ नेकाले प्रमुखमा बाबुराम बिष्टले तीन हजार ८३०, उपप्रमुख पूजा धामीले पनि चार हजार १०५ मत ल्याउनुभएको छ । त्यहाँ वडा नं १ र २ मा नेका र ३ र ४ वडामा नेकपा एमालेले सेटै जितेको छ ।

यसैगरी, दुहवी नगरपालिकाको प्रमुखमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले चार हजार ७८ तथा उपप्रमुखकी सुनिता दाहालले तीन हजार ८८२ मत ल्याई अग्रस्थान प्राप्त गरिरहनुभएको छ भने नेकपा एमालेका प्रमुख विनयराज पोख्रेलले तीन हजार २६५ र उपप्रमुख चन्द्रकला विश्वासले तीन हजार ६४२ मत ल्याउनुभएको छ ।

त्यहाँ ५, ११ र १२ वडामा फोरम लोकतान्त्रिकले विजय प्राप्त गरेको छ भने नेकाले एउटा वडा, नेकपा एमालेले तीनवटा वडामा विजय प्राप्त गरिसकेको छ भने सङ्घीय फोरमले एउटा वडामा जित निकालेको छ । दुहवीमा ७ र १० नं वडाको मतगणना बाँकी रहेको बताइएको छ ।

त्यस्तै, रामधुनी नगरपालिकामा पनि नेकाका प्रमुख जयप्रकाश चौधरीले पाँच हजार ३५७ र उपप्रमुख विजया कट्वालले पाँच हजार ३९७ मत प्राप्त गरी नेकाको अग्रतालाई कायम राख्नुभएको छ । रामधुनीमा नेकपा एमालेका प्रमुख नन्दकुमार बस्नेतले चार हजार ८२ र उपप्रमुखमा सविना चौधरीले चार हजार ६६७ मत ल्याउनुभएका निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिनुभएको छ ।

(https://chacc.co.uk/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
बढ्दै ठमेलको रौनक , अव २४ सै घण्टा खुलाउने तयारी
बढ्दै ठमेलको रौनक , अव २४ सै घण्टा खुलाउने तयारी
विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा
विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना
चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा