देउवाको अनुपस्थितिले प्रधानन्यायाधीश सिफारिस रोकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
देउवाको अनुपस्थितिले प्रधानन्यायाधीश सिफारिस रोकियो

सारांश

  • काठमाडौं, २६ मंसिर ।
  • संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि आजपनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रोकिएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा आज बिहान संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो ।

काठमाडौं, २६ मंसिर । संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि आजपनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा आज बिहान संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो । तर, देउवा नै सहभागी नभएपछि भोलि बिहान ९ बजे बैठक बस्ने निर्णय गर्दै सकिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य रहने व्यवस्थाले बाधा भएको छ । अघिल्ला बैठकहरुमा पनि देउवा अनुपस्थित हुँदै आउनुभएको छ । मंंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री ओलीले आजै टुंगो लगाउने भन्दै बिहान बोलाउनु भएको थियो । तर, राति ९ बजेमात्र बैठकबारे जानकारी आएकाले देउवा जान नभ्याएको उहाँका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।

मंगलबारै प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भए पनि विपक्षी दलका नेता देउवाले समय दिन नसकेपछि स्थगित भएको थियो । स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेता देउवाबीच अनौपचारिक सहमति बाँकी रहेकाले पनि पटकपटक बैठक स्थगित हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?