आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०८१
|
|
३७ पटक हेरिएको
Shares
आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

सारांश

  • काठमाडौं।
  • सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
  • सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

काठमाडौं। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आ-आफ्नो कूल परम्पराअनुसार नांलाे ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उनले बताए। साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ। यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी
एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
विवाह गरेको तीन मिनेटमै पारपाचुके
विवाह गरेको तीन मिनेटमै पारपाचुके
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग
गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग