सरकारमाथि यसरी खनिए गच्छदार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सरकारमाथि यसरी खनिए गच्छदार

सारांश

  • काठमाडौं, ११ असोज ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ ।
  • पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार जस्ता घटना बढ्दै जाँदा त्यसप्रति गृहमन्त्री संवेदनशील नभएको आरोप कांग्रेसले लगाएको हो ।

काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ । पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार जस्ता घटना बढ्दै जाँदा त्यसप्रति गृहमन्त्री संवेदनशील नभएको आरोप कांग्रेसले लगाएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपनेता बिजयकुमार गच्छदारले कानुन कार्यान्वयन गर्न नसकेर राज्यले निरीहता देखाएको टिप्पणी गरे । ‘विगतमा पनि यस्ता घटना हुन्थे’ भनी गृहमन्त्रीले जिम्मेवारीबाट पन्छिने काम गरेको भन्दै उनले आपत्ति जनाए । बालिका बलात्कार र हत्या गर्ने अपराधीलाई कारवाही गर्नुको सट्टा घटनाको अध्ययन गर्न आयोग बनाउने काम गरेर सरकारले कानुनी राज्यको स्थापना गर्न नसकेको बताए ।

उनले प्रधानमन्त्रीले संसदीय दलको बैठकमा आफ्ना सांसदहरुसँग गुहार माग्ने गरेको तथा सरकारको बचाउका लागि प्रतिपक्षीमाथि अरिंगाल जस्तो खनिन उत्प्रेरित गरेको प्रसङ्ग कोट्याउदै भने, ‘यस्तो प्रधानमन्त्रीहरुले बोल्ने गरेको मैले कहिल्यै सुनेको थिएन । यसरी राज्य चल्छ ? प्रधानमन्त्रीले के मुलुकलाई फेरि मुठभेडमा धकेल्न खोजेको हो ?’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार राज्य अघि बढ्न नसकेको टिप्पणी गरे । संघीयता कमजोर पार्ने सरकारको कार्यशैलीका कारण प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका प्रधानमन्त्रीबीच द्वन्द्व बढेको टिप्पणी उनले गरे । संघीयता आफ्नो प्राथमिकतामा नरहेको अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्रीको कार्यशैलीले कतै संघीय शासन प्रणाली असफल हुने त होइन ? भन्ने शंका उब्जाएको तर्क उनले गरे ।

उनले डाक्टर गोविन्द केसीसँग भएको सहमतिअनुसार सरकारले चिकित्सा शिक्षा विधेयक सदनमा नल्याएकामा पनि आपत्ति जनाए । उनले भने, ‘डाक्टर केसी फेरि भोक हड्तालमा उत्रिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’ दशैं तिहारको मुखमा बजार मूल्य बढ्दै जाँदा त्यसतर्फ पनि सरकारले चासो नदेखाएको आरोप उनले लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ  अाफ्नाे अन्तिम चाहना सुनाए ..
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ अाफ्नाे अन्तिम चाहना सुनाए ..
मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने
मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
अमेरिका र चीनको व्यापार वार्ता सकारात्मक
अमेरिका र चीनको व्यापार वार्ता सकारात्मक
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
परिवारलाई सम्हाल्न गाह्रो भयो- प्रचण्ड
परिवारलाई सम्हाल्न गाह्रो भयो- प्रचण्ड
अमेरिकामा ट्रम्पलाई धक्का!
अमेरिकामा ट्रम्पलाई धक्का!
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
एक दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिए, तनुश्रीको आरोप प्रमाणित भएन
एक दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिए, तनुश्रीको आरोप प्रमाणित भएन

तपाईंले छुटाउनुभयो कि?