तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!
सारांश
- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो बेलुका चितवन आइपुगेका थिए ।
- स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि उनि सपरिवार नै हिजो साझ ५ वजे चितवन आइपुगेका हुन ।
- महानगरको प्रमुख पदमा माओवादीका तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरका लागि उम्मेदवार छिन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो बेलुका चितवन आइपुगेका थिए । स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि उनि सपरिवार नै हिजो साझ ५ वजे चितवन आइपुगेका हुन । महानगरको प्रमुख पदमा माओवादीका तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरका लागि उम्मेदवार छिन् ।
भरतपुरको होटल ग्लोवलमा वसेका प्रधानमन्त्री प्रचण्डले आज विहान ७ वजे भरतपुर महानगरपालिका वडा नं ४ लंकु स्थित लक्ष्मी माध्यमिक विद्यालयवाट मतदान गरि मतदानको शुभारम्भ गर्नु भएको थियो
पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नगरेको काम गरेका छन जुन हो स्थानीय तहको निर्वाचनमा मतदान त्यो पनि विपक्ष पार्टीलाई । प्रचण्डले निकै अर्थ राख्ने गरि आज पहिलोपटक रुख चिन्हमा मतदान गर्नु भएको श्रोतले बताएको छ ।
प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह त गोलाकार भित्र हँसिया हथौडा हो तर उनले यस्तो तालमेल गरेका छन् कि उनी आफैंले अब रुखमा मतदान गर्नु नै पर्ने थियो । उनले अहिलेसम्म नगरेको अर्थात हसिया हथौडा बाहेक रुख चिन्हमा पनि मतदान गरेको ।
काँग्रेससँगको तालमेलका आधारमा भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसका उमेद्बार मिलेर प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया