तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
३१६२ पटक हेरिएको
Shares
तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!

सारांश

  • प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो बेलुका चितवन आइपुगेका थिए ।
  • स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि उनि सपरिवार नै हिजो साझ ५ वजे चितवन आइपुगेका हुन ।
  • महानगरको प्रमुख पदमा माओवादीका तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरका लागि उम्मेदवार छिन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो बेलुका चितवन आइपुगेका थिए । स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि उनि सपरिवार नै हिजो साझ ५ वजे चितवन आइपुगेका हुन । महानगरको प्रमुख पदमा माओवादीका तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरका लागि उम्मेदवार छिन् ।

भरतपुरको होटल ग्लोवलमा वसेका प्रधानमन्त्री प्रचण्डले आज विहान ७ वजे भरतपुर महानगरपालिका वडा नं ४  लंकु स्थित लक्ष्मी माध्यमिक विद्यालयवाट मतदान गरि मतदानको शुभारम्भ गर्नु भएको थियो

पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नगरेको काम गरेका छन जुन हो स्थानीय तहको निर्वाचनमा मतदान त्यो पनि विपक्ष पार्टीलाई । प्रचण्डले निकै अर्थ राख्ने गरि आज पहिलोपटक रुख चिन्हमा मतदान गर्नु भएको श्रोतले बताएको छ  ।

प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह त गोलाकार भित्र हँसिया हथौडा हो तर उनले यस्तो तालमेल गरेका छन् कि उनी आफैंले अब रुखमा मतदान गर्नु नै पर्ने थियो । उनले अहिलेसम्म नगरेको अर्थात हसिया हथौडा बाहेक रुख चिन्हमा पनि मतदान गरेको ।

काँग्रेससँगको तालमेलका आधारमा भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसका उमेद्बार मिलेर प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
याे सरकारकाे अायु भदाैसम्म मात्र हाे: ज्याेतिषाचार्य निराैला(भिडियाेसहित)
याे सरकारकाे अायु भदाैसम्म मात्र हाे: ज्याेतिषाचार्य निराैला(भिडियाेसहित)
स्थानीयले पिपल फाल्न नदिएपछि…
स्थानीयले पिपल फाल्न नदिएपछि…
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
विश्वकप फुटबलमा बाजी थाप्दै हुनुहुन्छ! होसियार हुनु
विश्वकप फुटबलमा बाजी थाप्दै हुनुहुन्छ! होसियार हुनु
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?