चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!

सारांश

  • काठमाडौं ।
  • पदको दुरुपयोगको पनि हद हुन्छ नि, कुनै पनि कार्यक्रमको समाचार संकलन गर्नु  स्वभाविक हो र गर्नुपनि पर्छ तर नेपाल टेलिभिजनमा   जस्तोसुकै कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गर्ने बेथितीले गर्दा एकातिर टेलिभिजनको साख गिर्ने गरेको छ भने अर्कोतिर आर्थिकरुपमा ठूलो नोक्सानी हुने गरेको छ ।
  • ग्रिनसिटी अस्पतालको प्रचारका लागि त्यसका अध्यक्ष लोकबहादुर टण्डनले  संयोजन गरेको भनिएको चक्रपथ सफाइका लागि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई प्रभावमा पारेर आउने २०७४ चैत १० गते शनिबार सामान्य सफाइ कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसराण गराउने तयारी गरेको खबर छ ।

काठमाडौं । पदको दुरुपयोगको पनि हद हुन्छ नि, कुनै पनि कार्यक्रमको समाचार संकलन गर्नु  स्वभाविक हो र गर्नुपनि पर्छ तर नेपाल टेलिभिजनमा   जस्तोसुकै कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गर्ने बेथितीले गर्दा एकातिर टेलिभिजनको साख गिर्ने गरेको छ भने अर्कोतिर आर्थिकरुपमा ठूलो नोक्सानी हुने गरेको छ ।

ग्रिनसिटी अस्पतालको प्रचारका लागि त्यसका अध्यक्ष लोकबहादुर टण्डनले  संयोजन गरेको भनिएको चक्रपथ सफाइका लागि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई प्रभावमा पारेर आउने २०७४ चैत १० गते शनिबार सामान्य सफाइ कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसराण गराउने तयारी गरेको खबर छ । प्रत्यक्ष प्रसारणका लागि अध्यक्ष दाहालले प्रत्यक्ष प्रसारण गर्ने अधिकृत रामेश्वर शुक्ललाई  निर्देशन दिएपछि टेलिभिजनलाई घाटा हुने कार्यक्रम प्रत्यक्ष प्रत्यक्ष प्रसारण गर्ने कि नगर्ने भन्ने अलमलमा परेको नेपाल टेलिभिजन पत्रकार स्रोत बताउछ ।

सफाइ कार्यक्रममा सो क्षेत्रका स्थानीय बासिन्दाको उपस्थिति नहुने गरेको तर सो क्षेत्रका केही सुरक्षाकर्मीलाई जम्मा पारेर एक घण्टा सफाई र एक घण्टा भाषण गर्ने गरिन्छ त्यसमा पनि महानगरपालिकाको गाडी, सडक विभागको डोजरले काम गर्ने गर्छ तर ग्रिनसिटी अस्पतालका मालिक टण्डनले  चाहिं सबै आफै गरेको भनेर प्रचार गर्ने गर्छन् र त्यही   अनावश्यक कुरा गरेर मन्त्रीहरुलाई पनि कार्यक्रममा लगेर आफ्नै गुणगान गर्न लगाउने गरेका छन ।  सफाइ कार्यक्रमको सयोजक पनि आफैले आफैलाई तोकेका छन ।

युनिटी काण्डबाट बदनाम भएका टण्डनले पछिल्लो समयमा टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाललाई तिमी पनि कांग्रेस म पनि कांग्रेस भएकोले एउटा मिटिङ गरौं न भने अनि त्यो मिटिङ पछि दाहालले प्रत्यक्ष प्रसारणका लागि  औपचारिकताका लागि पत्र पठाउन लगाए र पत्र आउनासाथ दाहालले  प्रत्यक्ष प्रसारण गर्न योग्य होकि होइन भन्ने नबुझि प्रत्यक्ष प्रसारणको प्रबन्ध मिलाउन आदेश दिएको स्रोतको दावी छ ।

सामान्य त्यो पनि सफाइभन्दा बढी भाषण हुने गरेको र सुरक्षाकर्मी समेतको दुरुपयोग हुने गरेको कार्यक्रम प्रत्यक्ष प्रसारणका लागि उपयुक्त नभएको र त्यो पनि निशुल्क  प्रत्यक्ष प्रसारण गर्न आदेश दिएर  टेलिभिजनको लाखौ खर्च गराउन खाजेको भनी टेलिभिजनकै कर्मचारीहरुले बिरोध गरेका छन । एक कर्मचारीले भनेका छन –अध्यक्ष दाहाललाई कस्तो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नुपर्छ भन्ने थाहा नभएर हो वा युनिटीसंग सबन्धित भएका टण्डनले मिटिङमा के कुरा गरेर प्रभाबीच भएका हुन थाहा छैन जे सुकै भएपनि टेलिभिजनको स्रोत साधन र स्क्रीनको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन ।

प्त्रिकामा आएको  टेलिभिजन सबन्धी समाचार एक जना इञ्जिजिनियरले बसेर पढ्दै गरेका रहेछन् अनि आफूलाई लोकतन्त्रको मतियार ठान्ने एनटीभी कर्मचारी संघका गोबिन्द धितालले टेलिभिजन पत्रिका पढ्ने ठाउँ  हो भन्दै हप्काउन समेत समेत भ्याएछन् । टेलिभिजनमा कामभन्दा बढी राजनीति गर्ने गरेका गोबन्द धिताललगायतको समूहले हुँदाहुँदा पनि पत्रिका पनि पढ्न नदिने उर्दि जारी गर्ने कस्तो ‘लोकतन्त्र’ भन्ने प्रश्न उत्पन्न भएको छ ।
– साँघु साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?