यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै

सारांश

  • काठमाडौं, पुस १७ ।
  •  नेकपा एमालेका नेताहरु आज निर्वाचन अयोगको मुख्यालय पुग्ने भएका छन् ।
  • निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आयोगको ध्यानाकर्षण गराउन एमाले नेताहरु आयोगको मुख्यालय पुग्ने भएका हुन ।

काठमाडौं, पुस १७ । नेकपा एमालेका नेताहरु आज निर्वाचन अयोगको मुख्यालय पुग्ने भएका छन् । निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आयोगको ध्यानाकर्षण गराउन एमाले नेताहरु आयोगको मुख्यालय पुग्ने भएका हुन ।

एमाले मुख्यालयका अनुसार आज अपरान्ह ३ बजे कान्तिपथस्थित आयोग मुख्यालयमा एमाले नेताहरुले आयोग पदाधिकारीलाई भेटी ध्यानाकर्षण गराउने छन् ।

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेको एमालेले आरोप लगाउँदै आएको छ । एमालेका एक नेताले आयोगले जनताको जनादेश रोकेको भन्दै संबिधानको मर्मअनुसार अघि बढ्न आयोगको ध्यानाकर्षण गर्न लागिएको बताए  ।

एमालेले पछिल्लो समय आयोगका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?